‘हेलो गर्भवती आमा’ मार्फत गर्भवतीलाई घरमै सेवा दिँदै
वीरेन्द्रनगर नगरपालिकाले गर्भवती तथा सुत्केरी आमालाई घरबाटै स्वास्थ्य सेवा दिन ‘हेलो गर्भवती आमा’ कार्यक्रमको सुभारम्भ गरेको छ । असोज ७ गते वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले हरेक हप्ता गर्भवती आमाहरूलाई दक्ष स्वास्थ्यकर्मीद्वारा फोनबाट आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिने उद्देश्यले सुरु गरिएको ‘हेलो गर्भवती आमा’ कार्यक्रमको सुभारम्भ गर्नुभएको हो ।
वीरेन्द्रनगर नगरपालिका–२ स्थित सहरी स्वास्थ्य केन्द्र दौलतपुरबाट कार्यक्रमको सेवा सुरु गरिएको छ । ढकालले स्थानीय गर्भवती आमा नर्मा थापाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै सेवा प्रारम्भ गर्नुभयो । प्रमुख ढकालले थापाको स्वास्थ्य अवस्थाका बारेमा जानकारीका साथै नियमित जाँच गरे नगरेको तथा पोषणका बारेमा जानकारी समेत लिनुभयो । गर्भावस्थामा केही समस्या आए ढुक्कसँग स्वास्थ्य संस्था आउन र नगरपालिकाले उपलब्ध गराउने सुविधाको उपभोग गर्न ढकालले थापालाई आग्रह गर्नुभयो ।
प्रमुखले टेलिफोन गर्दा उत्साहित बन्नुभएकी थापाले विश्वस्त हुँदै फोन राख्नुभयो । प्रमुखको नाम मात्र सुन्नुभएकी थापा एक्कासी फोनमा बोल्न पाएपछि खुशी लागेको ढकाललाई सुनाउनु भयो । यसरी गर्भवतीसँग भलाकुसारी हुने यो सेवा अब वीरेन्द्रनगर नगरपालिकाका १६ ओटै वडाका स्वास्थ्य केन्द्रमा पनि सुभारम्भ हुने प्रमुख ढकालले जानकारी दिनुभयो ।
हरेक हप्ता गर्भवती आमालाई दक्ष स्वास्थ्यकर्मीहरूले फोनबाट आवश्यक सल्लाह, सुझाव तथा परामर्श सेवा प्रदान गर्न सेवारम्भ गरिएको छ । जसमा नियमित गर्भजाँच, रगत जाँच, भिडियो एक्सरे, पिसाव तथा आवशयक जाँच, खोप, पोषण तथा सरसफाई, गर्भवती अवस्थामा देखापर्ने खतराका चिन्हहरू, प्रसुतिपूर्वको तयारीका साथै अन्य स्वास्थ्य सेवा गर्भवती तथा आमालाई टेलिफोनमार्फत घरमै सेवा दिने उद्देश्यले हेलो गर्भवती आमा कार्यक्रम सुभारम्भ गरिएको नगर प्रमुख ढकालले बताउनु भयो ।
‘हाम्रो नगरपालिकामा रहनु भएका गर्भवती आमाहरूलाई हामीले यसअघि सरकारले तोकेको अनिवार्य चार पटक जाँचमा १ हजार रुपियाँ र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने गरेका थियौँ । तर अहिले सरकारले नयाँ प्रोटोकल जारी गरेपछि अधिकांश गर्भवती आमाहरूलाई जानकारी नुहुनु र कतिपय अवस्थामा स्वास्थ्य संस्थामा आउने समय बिर्सेर अनिवार्य जाँचमा छुट्न थालेपछि हामीले यो सेवा सुभारम्भ गरेका हौँ ।’
१६ ओटै वडामा रहेका गर्भवती आमाहरूको पूर्ण विवरण स्वास्थ्य स्वयमसेविकाको माध्यमबाट स्वास्थ्य केन्द्रहरूमा राखिएको हुन्छ । सोही विवरण हेरेर हरेक हप्ता तथा जाँच गर्ने समयमा स्वास्थ्य संस्थाबाट दक्ष स्वास्थ्यकर्मीले गर्भवती आमालाई टेलिफोन गरी आवश्यक सरसल्लाह तथा परामर्श दिने व्यवस्था मिलाइएको उहाँले बताउनु भयो । सरकारले चार पटक गरिने गर्भावस्थामा हुने जाँचलाई बढाएर आठ पटक गर्नुपर्ने अनिवार्य पोर्टकल लागु गरेपछि यसबाट छुट्न सक्ने सम्भावित आमा र बच्चाको स्वास्थ्यमा समस्या नहोस् भन्ने हेतुले टेलिफोन मार्फत ट्रयाक गर्न सुरु गरिएको प्रमुख ढकालले बताउनु भयो ।
यस अघि 'आमाको माया' कार्यक्रम मार्फत गर्भवती आमाको अनिवार्य चार पटक जाँच गर्ने गरिएको थियो । तर यो व्यवस्थालाई परिमार्जित गर्दै सरकारले आठ पटक अनिवार्य गर्भावस्था जाँच गराउनुपर्ने नयाँ प्रोटोकल लागु गरेको छ । नयाँ प्रोटोकल लागु भएपछि यसको जानकारी नुहुनु र जाँच गराउने समय बिर्सने लगायतका कारणले गर्भवती महिलाहरू स्वास्थ्य संस्थामा जाँच गराउन नआउन थालेपछि स्वास्थ्य संस्थाबाटै सम्पर्क गरी सेवा दिने प्रणालीको विकास गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले यसअघि चार पटकसम्म गरिने गर्भवती जाँचमा आउने महिलालाई प्रोत्साहन स्वरुप १ हजार रुपियाँ र निःशुल्क एम्बुलेन्स सेवा दिँदै आइएको थियो । तर आठ पटक गरिने जाँचमा भने अधिकांश गर्भवती महिलाहरू नआउन थालेपछि नयाँ रणनीति लिनु परेको नगरपालिकाले जनाएको छ । यो सेवा सुरु भएसँगै आर्थिक रूपमा विपन्न महिलाहरूलाई आवश्यकताका आधारमा घरमै सेवा लिन सहज हुने अपेक्षा राखेको नगर प्रमुख ढकालले बताउनु भयो । उहँले नौ ओटा स्थानीय तहमध्ये सबैभन्दा उत्कृष्ट स्वास्थ्य सेवा दिन वीरेन्द्रनगर सफल भएको उल्लेख गर्दै नगर प्रमुख ढकालले गुणस्तरीय सेवासँगै प्रजनन् स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउनु भयो ।
नगरपालिकाले हालसम्म ५ हजार जना गर्भवती तथा सुत्केरी आमालाई प्रत्येक महिना टेलिफोन मार्फत गर्भावस्थाका जोखिमका कारण हुनसक्ने अकाल मृत्युलाई रोक्न परामर्श सेवा दिएको छ । वीरेन्द्रनगर नगरपालिका-१६ मा २० ओटा स्वास्थ्य केन्द्रहरू रहेका छन् ।
नगरपालिकाले यी स्वास्थ्य संस्थाबाट हालसम्म २ सय ८४ जना गर्भवती आमालाई सुत्केरी हुन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । सुत्केरी हुनका लागि बर्थिङ्ग सेन्टरसम्म पुग्न नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिएको वीरेन्द्रनगर नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख भुपेन्द्रदेव गरीले बताउनु भयो । यस्तै, २ सय १२ जना गर्भवतीको भिडियो एक्सरे गरिएको छ भने १ सय ७२ जनालाई नगर प्रमुख पोषण कोशेली प्रदान गरिएको उहाँले बताउनु भयो । १ हजार ४ सय ४ जना गर्भवती तथा सुत्केरी आमालार्ई तीन र सात दिनमा घरमै पुगेर नर्सिङ सेवा प्रदान गरिएको छ । नगरपालिकाले हालसम्म २ हजार ७ सय ५३ जना महिलालाई स्तन र पाठेघरको मुखमा हुने क्यान्सर जाँच सेवा प्रदान गरेको छ ।
३८ हजार प्रजनन् उमेर समूहका महिला तथा किशोरीलाई सेनेटरी प्याड प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख गरीले जानकारी दिनुभयो । नगरपालिकाले विशेष गरी चौधरी समूदायमा देखा पर्ने सिकलसेल रोगको रोकथाम तथा उपचार सेवा अन्तर्गत ६ सय ३७ जनाको परीक्षण गरेको छ । चौधरी समूदायलाई हुने सिकलसेल सम्बन्धी स्वास्थ्य सचेतना जगाउनेदेखि रोग पत्ता लगाउने मेसिन खरिद गरी प्रदेश अस्पताललाई हस्तान्तरण गर्ने तयारी नगरपालिकाले गरेको छ ।
हालसम्म नगरपालिकाले १ सय ७८ महिला र ८ सय ५० जना अतिविपन्नको निःशुल्क स्वास्थ्य बीमा गरेको छ भने ६० वर्ष पुरा भई सेवा निवृत्त भएका स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन स्वरुप ५० हजार दिन सुरु गरिएको छ । नगरपालिकाले २ सय ८ जना विपन्न दीर्घरोगीलाई १ लाख बराबरको उपचारमा सहयोग गरेको छ । त्यस्तै सबै स्वास्थ्य चौकीमा स्तनपान कक्षको पनि व्यवस्था गरिने नगरको योजना रहेको छ ।
जगतदल जनाला विक
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…