हुम्लामा खाद्यान्नको अभाव, स्थानीयद्वारा स्थानीय प्रशासन कार्यालय घेराउ
हुम्ला जिल्लामा यो वर्षपनि गत वर्षझैँ खाद्यान्नको समस्या भएपछि स्थानीयद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन । जिल्ला प्रशासन कार्यालयमा चामल पाउनुपर्छ भन्दै करिब ४ सय जना स्थानीयहरू आक्रोशित बनेका छन् ।
सिमकोट गाउँपालिका-१ देखि ८ र खार्पुनाथ गाउँपालिका-१ देखि ५ सम्मका करिब १५ हजार स्थानीयबासी यतिखेर खाद्यान्न नपाउँदा भोकमारीको चपेटामा परेका छन् ।
०७५ वैशाख महिनामा १० किलोका दरले वितरण भएको चामल साउन २७ गते बितिसक्दा पनि स्थानीयले पर्याप्त मात्रामा खाद्यान्न नपाएको भन्दै स्थानीयबासी प्रशासन कार्यालय घेराउ गर्न बाध्य भएका छन् ।
सदरमुकाम सिमकोट आसपासमा रहेका हजारौँ स्थानीयले खाद्यान्न पाउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको ध्यानाकर्षण समेत गराएका छन् ।
सडक सञ्जालले नछोएको हुम्लाका अधिकांश गाउँ बस्तीहरूबाट करिब ६ घण्टा पैदल हिँडेर सदरमुकाम सिमकोटमा पुग्नलाई बिच बाटोमै बास बसी आए पनि पर्याप्त मात्रामा खाद्यान्न नपाएको खार्पुनाथ गाउँपालिका-१ गोप्का गाउँकी लालहिरा जैसीले गुनासो गरिन् ।
त्यस्तै बिहान बेलुकाको छाक टार्नका लागि खाद्यान्नको आशामा ४ घण्टाको पैदल हिँडेर पनि बेलुका अबेरसम्म खाद्य गोदामको कार्यालय अगाडि लाइन लागे पनि पाँच किलो चामल समेत नपाएर दुखःद् पीडा देखाउँदै रित्तो हातमा घर फर्कनु परेको सिमकोट गाउँपालिका-७ डाँडाफयाका जोकमल शाहीको गुनासो छ ।
पाँच किलो चामल पाउने आशैआशमा जिल्ला प्रशासन कार्यलयको अगाडि प्रजिअको चिटको प्रतिक्षा गर्दै आएकी स्थानीय रुपसरा शाही भन्छन्-'काखमा बालबालिका च्यापेर आएकी हामी महिलाहरूको पीडा कसले देख्छ र ? यो नेपाल सरकारको नियम पनि कस्तो रहेछ मानिसले खान पाउने अधिकारबाट समेत वञ्चित गराएको छ ।'
उनले भनिन्-'रुपियाँ नतिरेर खान पउनु त कहाँ हो कहाँ ? रुपियाँ तिरेर पनि भात खान पाउनु छैन । हुम्लामा आएको खाद्यन्न कता हराउँछ ?'
हुम्लाका स्थानीयले न त पर्याप्त मात्रामा खाद्यान्न नै पाउँछन् । न त स्थानीय अन्न फल्छ यो समस्या यो पटकको मात्र नभएर वर्षौँदेखिको समस्या हो भनेर दुःख व्यक्त गरेका छन् ।
यो जिल्लाका विद्यालयमा जाने उम्मेरका बालबालिका पनि विद्यालयमा जानु छाडेर बिहान बेलुकाको हातमुख जोड्नका लागि स्थानीय प्रशासन कार्यालयमा दिनभर लाइनमा बस्न बाध्य हुन्छन् तर विद्यालयमा जान पाउँदैनन् ।
सिमकोट गाउँपालिका-५ स्थित ११ वर्षीया अनिल रावतले भने लाइनमा लागेको ५ घण्टा भइसक्यो तर अहिलेसम्म पनि चामलको चिट पाइएन भन्दै आँखाभरि आँसु झार्दै दुखः व्यक्त गरेका छन् ।
हुम्लाका स्थानीय महिलाहरू एकाबिहानैदेखि दुधे बालबालिका समातेर प्रशासनमा कुरे पनि बेलुका पाँच किलो चामल पनि धौधौ गरी पाउनु पर्ने बाध्यता रहेको गुनासो गर्छन् ।
त्यस्तै सिमकोट गाउँपालिका-२ का रामबहादुर भण्डारीका अनुसार राजनीति दलका कुनै पनि प्रतिनिधिहरूलाई मनपरी तवरले खाद्यान्न वितरण गर्ने हामीलाई पाँच किलो पनि नपाउने यसमा पनि ध्यान दिन जरूरत छ भन्दै प्रजिअलाई आरोप लागाएका छन् ।
जिल्लामा पर्याप्त मात्रामा खाद्यान्नको माग गरी हुम्लाका भोका जनाताहरूको पेट पाल्नको लागि प्रजिअको कर्तव्य हो । कर्मचारीको कार्ड, बजारी कुपनलाई निरन्तर दिनु पर्ने अनुरोध गर्दै पत्रकार माहासङ्घका अध्यक्ष अर्जुन बोहोराको भनाई छ ।
यसैका बारेमा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानालाई बुझ्दा हुम्लाका लागि आर्थिक वर्ष०७४/७५ को ३० हजार क्वीन्टल आपुर्ति मन्त्रालयमा पहल गरी माग गरेको भए पनि आपुर्ति मन्त्रालयले यसलाई स्वीकृत नगर्दा १ हजार ५ सय क्वीन्टलको माग गरेपछि सुर्खेतबाट ७ सय ५० र नेपालगञ्जबाट ७ सय ५० क्वीन्टल ढुवानी गरी हुम्लामा पुग्नु पर्ने भएको हो, तर यतिखेर जम्मा ५ सय ३० क्वीन्टलमात्र पुगेकाले खाद्यान्न वितरणमा समस्या भएको प्रजिअले बताए ।
उनले भने-'समस्या हुँदाहुँदै पनि स्थानीयलाई पीर नपर्ने गरी साउन २७ गते पाँच किलोका दरले लाइनमा बसेका सबैलाई वितराण गरेका छौँ । हुम्लामा पर्यटक आवतजावत र पानी पर्ने समस्याका कारणले गर्दा खाद्यान्न ढुवानी हुन सकेको छैन । अब खाद्यान्न ढुवानी हुनासाथ कर्मचारी, बजारी, र खाद्यान्न वितरण गर्ने जानकारी गराए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–८, बस्ने २८ वर्षीय वीरबहादुर केसीलाई गिरफ्तार गरेको छ । पीडित बालकलाई ०८१ माघ ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१९ वर्षीय युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गैँडाकोट नगरपालिका–२ का २९ वर्षीय आशिष गुरुङलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको ०८१ माघ ९ गतेको…