हुम्लामा कारागार नहुँदा कैदीबन्दीलाई समस्या
हुम्लामा कारागार नभएपछि कैदीबन्दीलाई समस्या भएको छ । जिल्लामा रहेको एक मात्र कारागारको अवस्था जीर्ण भएकाले कैदीबन्दीलाई समस्या देखिएको हो ।
साउन १३ गते जेलर निमा गुरूङसँग इन्सेक प्रतिनिधि नन्द सिंहले कैदीबन्दीलाई भेट्ने अनुमति लिएपछि कैदीबन्दीसँग भेट भएको थियो । कारागारको छुट्टै भवन नभएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाकै हिरासतमा थुनुवाहरूसँगै बस्न बाध्य भएको अदालतको आदेशमा पुर्पक्षमा रहेका धनलाल रोकायाले गुनासो गरे ।
उनले भने–‘खेल मनोरञ्जनका लागि कुनै पनि सामग्री छैन ।’ स्वास्थ्य गडभडी भएमा समयमै उपचार नहुने जस्ता समस्या झेल्नु परेको समस्या बताए । रोकायाले बेलामै कुनै पनि सेवा सुविधा पाउन नसकेको भन्दै दुःख व्यक्त गरे ।
२५ जना कैदीबन्दीको क्षमता रहेको हुम्ला कारागार पुनःनिर्माण नहुँदा कैदीबन्दीहरू समस्यामा परेका हुन् । प्रहरीको हिरासतमा रहेका चार जनामध्ये तीन जना थुनुवा र एक जना कैदी छन् । यतिखेर सबै जनालाई सँगै सुताउने र सँगै खाना खुवाउने गरेको जेलर निमा गुरूङले बताए ।
जेलर गुरूङका अनुसार हुम्लामा कारागरको नयाँ भवन बन्दै छ । समयमै भनेको सामान नपाउँदा उपचार र खानपीनलगायत विभिन्न सेवासुविधा पनि दिन नसकिएको उनले बताए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…