हुम्लाका अधिकांश वडा कार्यालय सचिवविहीन, स्थानीयका कामकाज ठप्प
हुम्लाका अधिकांश वडा कार्यालय सचिवविहीन भएपछि स्थानीयबासीका कामकाज ठप्प भएको स्थानीयले गुनासो गरेका छन् ।
सात वटा गाँउपालिकाका ४४ वडामध्ये २९ वडा कार्यालयका सचिवविहीन भएका छन् । एकातिर सचिव कम हुनु र अर्कोतिर खटाएका सचिव पनि अन्यत्रै सरूवा तथा काज मिलाएर जानाले हुम्लाका यति धेरै वडा कार्यालय सचिब बिहिन हुँदा यसवाट स्थानीय भने प्रत्यक्ष प्रभावित भएका छन ।
गाउँपालिका तथा वडापालिकाका कार्यालयमा विभिन्न किसिमका सिफारिस बनाउनको लागि गए पनि सो कार्यालयमा काम गर्ने कर्मचारी नहुदा स्थानीयबासी रित्तो हात लिएर घर फर्कन बाध्य भएको सिमकोट गाउँपालिका-८ का लेखे बुढाले गुनासो गरे ।
सिंहदरवारको अधिकार गाउँगाउँमा पुग्ने भनिएका बेला सिमकोटबाट चार दिन पैदल लाग्ने ताँजाकोट गाँउपालिकामा यो समस्या झन् कहाली लाग्दो देखिएको छ ।
६ वटा वडा भएको ताँजाकोटमा एक जना वडा सचिव र एक जना निमित्त प्रशासकीय अधिकृत हुँदा सबै काममा कर्मचारीको अभावले जनताको काम गर्न समस्या भएको सो पालिकाका अध्यक्ष बाग्दल मल्लले बताए ।
उनले भने-'आर्थिक वर्ष सम्पन्न भएको सात महिना बितिसक्दा पनि पालिकाका योजनाको काम अगाडि बढाउन नसकिएको र वडाको झन् लथालिङ्ग अवास्थामा रहेको छ ।'
सबैभन्दा बढी वडा भएको सर्केगार्ड गाँउपालिकामा तीन जना सचिव मात्र भएकाले वडा अध्यक्षले सचिवको जिम्मेवारी निर्वाह पनि गर्नु परेको वडा नम्वर पाँचका अध्यक्ष कर्णजङ्ग शाहीले बताए ।
राज्यले सिंहदरवारको अधिकार गाउँगाउँमा पुगेको जनाए पनि हुम्लाका दुर्गम बस्तीमा अहिले पनि त्यो भनाइ लागु नभएकोले जनताले सास्ती खेप्नु परेको अध्यक्ष शाहीको भनाइ रहेको छ ।
चौबीसै घण्टा जनाताको काममा खटिनु परेको उनले बताए । यता आठ वटा वडा भएको सिमकोट गाँउपालिकामा पनि चार जना सचिव भएको र चारवटा वडा सचिवविहीन भएको सिमकोट गाँउपालिकाका प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताए । एक वडाबाट अर्को वडा पुग्न एक दिन पैदल हिँड्नु पर्ने भएका कारण कर्मचारी अभावले काम गर्न गाह्रो भएको दर्जीले बताए ।
अर्को एक वडाबाट अर्को वडामा पुग्न तीन दिनसम्म पैदल लाग्ने नाम्खागाँउ पालिकाका ६ वटा वडाका लागि एक जना सचिव र एक जना निमित्त प्रशासकीय अधिकृत मात्र रहेका छन् । कर्मचारी तालमेल नमिल्दा काम गर्न समस्या भएको सो पालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।
हुम्ला जिल्लाका सात वटा गाउँपालिकामा ४४ वटा वडाहरूमध्ये १५ जना मात्र वडा सचिव भएको र बाँकी २९ वडा कार्यालयहरू सचिवविहीन रहेका छन् । यी वडाहरूमा निमित्त र केहीमा भने वडा अध्यक्षले काम गर्दै आएको खार्पुनाथ गाँउपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…