हिल्सा सिमकोट सडक योजनाका कार्यालय प्रमुख यादवद्वारा आफ्नै कर्मचारीमाथि दुर्व्यवहार
सप्तरी जिल्ला घरभई हिल्सा सिमकोट सडक योजना कार्यालय, हुम्लामा कार्यरत कार्यालय प्रमुख ४२ वर्षीय वीरेन्द्र कुमार यादवले आफ्नै कार्यालयका इन्जिनियर ३० वर्षीय निरजराज वंशीमाथि हिल्सा सिमकोट सडक योजनाका कार्यालय प्रमुख यादवद्वारा आफ्नै कर्मचारीमाथि दुर्व्यवहार गरेको पीडितले आरोप लगाउनु भएको छ ।
फागुन ५ गते दिउँसो कार्यालयकै काम गरिरहेको समयमा कार्यालयको कामको विषयलाई जोडेर आफुलाई टेलिफोनबाट धम्की पूर्ण भाषा बोल्दै दुर्व्यवहार गरेको इन्जिनियर वंशीले आरोप लगाउनु भएको छ । वंशीका अनुसार म कार्यालयको काममा व्यस्त छु छिटो भन्नु भन्दा के छिटो भन्नुहोस, जुतै जुताले हान्छु साले भन्दैँ प्रमुख यादवले आफुलाई धम्की दिएको आरोप लगाउनु भएको छ ।
सोही कार्यालयका लेखा प्रमुख विजय रोकायाका अनुसार कार्यालय प्रमुखले इन्जिनियरलाई मात्रै होइन हामी धेरै कर्मचारीलाई पटक पटक यस्तै दुर्व्यवहार गर्ने गरेको गुनासो गर्नु भएको छ । सो विषयमा प्रमुख यादवसँग बुझ्दा आफुले रिसको झोकमा भनेको हुँ, अबदेखि यस्तो हुदैँन, रिसको आवेगमा गाली गरेकै हो भनेर स्वीकार्नु भएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…