हिल्सामा स्वास्थ्य चौकी नहुँदा सेवाग्राहीलाई सास्तीः उपचारको व्यवस्था गर्न स्थानीयको माग
नाम्खा गाउँपालिका–५ स्थित हिल्सामा स्वास्थ्य चौकी नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । हिल्सामा स्वास्थ्य चौकी नभपछि बिरामीलाई उपचार गर्न समस्या भएको भन्दै हिल्साका स्थानीय नागरिकले पटक पटक उपचारको व्यवस्था गर्न माग गरेका छन् । हिल्साबासीका लागि स्वास्थ्य संस्था नभएपछि स्थानीय सेवाग्राहीले उपचारबाट वञ्चित हुनु परेको हो ।
हिल्साका स्थानीय बिरामी भएपछि ३० किलो मिटर टाढा रहेको चीनको ताक्लाकोट जानुपर्ने भएपछि गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयसँग स्वास्थ्य चौकी स्थापना गरेर नियमित उपचारको व्यवस्था गर्न माग गरिएको छ । हिल्साका व्यवसायी मुकामबहादुर तामाङले बिरामीका लागि उपचार गर्ने निकाय हिल्सामा नभएका कारण स्वास्थ्य चौकी स्थापना गर्न आवश्यक रहेको बताउनु भयो । हिल्सामा कोही बिरामी भए चीनको ताक्लाकोटमा गएर उपचार गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयसँग सामान्य उपचारको व्यवस्था गर्न समेत उहाँले आग्रह गर्नुभयो । ताक्लाकोट लगिने बिरामीहरू सीमा पास प्राप्त गरेकाले मात्र जान पाउँछन् भने सिमापास नभएका बिरामीहरूलाई भने दुई दिन लगाएर जिल्ला अस्पताल लगिने गरिएको उहाँले बताउनु भयो । सशस्त्र प्रहरीले प्राथमिक उपचार गर्नु पर्ने बिरामी भए प्रहरी चौकीले औषधि उपलब्ध गराउने जनाएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी बाहेक हाल हिल्सामा ६० घरधुरीका ५ सय ५० स्थानीय बस्दै आएका छन् ।
कोरोना भाइरसपछि चीनले हिल्सा नाका दुई तर्फी सञ्चालन गर्दा नाम्खा गाउँपालिकाले अस्थायी स्वास्थ्य चौकी र कोरोना परीक्षण डेस्क स्थापना गरिएको भए पनि हाल बन्द भइसकेको छ । हिल्साका स्थानीयको उपचारका लागि मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारको ५० लाख रुपियाँ आर्थिक सहयोगमा स्वास्थ्य चौकी स्थापना गरिएको भए पनि हाल सो भवन बन्द रहेको छ । सो विषयमा नाम्खा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ग्याछो लामासँग बुझ्दा उहाँले हिल्सामा पहिलेदेखि नै स्वास्थ्य संस्थाका लागि भवन निर्माण गरेको भए पनि 'भवन अस्पताल, स्वास्थ्य चौकी र स्वास्थ्य इकाई के हो ?' भन्ने जानकारी नै नभएको बताउनु भयो ।
स्वास्थ्य चौकी नभए पनि गाउँपालिका स्वास्थ्य शाखाले समय मिलाएर गाउँघर क्लिनिक मार्फत उपचार गर्ने गरेको संयोजक लामाको भनाइ छ । उहाँले स्वास्थ्य सेवा कार्यालय हुम्लासँग समन्वय गरेर प्रदेश सरकारसँग दरबन्दी माग गरेको जानकारी दिनुभयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
जिल्लामा स्क्रब टाइफस फैलिँदै
सल्यानमा पहिलो पटक स्क्रब टाइफस फैलिँएको छ । जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीमा स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिएपछि किट परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । भदौ…
धुलिखेल–खावा सडक नबन्दा सर्वसाधरणलाई सास्ती !
धुलिखेलदेखि खावासम्मको चार किलोमिटर सडक सम्झौताको मिति सकिएको पाँच महिना बितिसक्दा पनि निर्माण नसकिएपछि अरनिको राजमार्ग हुँदै काभ्रेपलाञ्चोककै विभिन्न स्थानीय तह, सिन्धुपाल्चोक, दोलखा र रामेछाप लगायतका जिल्लामा यात्रा गर्ने…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
खोटाङ जिल्ला दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल मखुण्डोल बस्ने ३५ वर्षीया शशीकला राईको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय भक्तिराज राईलाई भदौ २४ गते गिरफ्तार गरेको छ…
बलात्कार प्रयास घटनाका आराेपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेका आरोपित औरही नगरपालिका-६ का ३५ वर्षीय नथुनी साहलाई ०८१ भदौ २३ गते घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ । असार १९ गते राती घर…
घाटमा पुर्याएको शव बरामद, पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइयो
दाङ जिल्ला घोराही उपहानगरपालिका–८ देउपुर घर भई दुई वर्षदेखि पालुङटार नगरपालिका–५ बेलटारस्थित जितबहादुर तामाङको इट्टा भट्टामा काम गर्दै आउनु भएकी ५० वर्षीया कल्पना बुढा मगरको शव घाटबाट बरामद गरिएको छ…