हिरासतमै हत्कडी काटेर फरार थुनुवा गिरफ्तार
म्याद थप गर्न काठमाडौँ जिल्ला अदालत उपस्थित गराउन लैजाँदा हत्कडी काटेर फरार भएका थुनुवालाई असोज ७ गते प्रहरीले ललितपुरबाट गिरफ्तार गरेको छ । गिरफ्तार भएकामा सिरहा जिल्ला लहान नगरपालिका–४ घर भएका २८ वर्षीय सञ्जीवकुमार दास रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो ।
सञ्जीवलाई महालक्ष्मी नगरपालिका–३ स्थित एक व्यक्तिको घरमा लुकेर बसेको अवस्थामा फेला पारेको पनि एसपी सुवेदीले बताउनु भयो ।
थुनुवालाई भगाउन सहयोग गरेको र लुकाएर कोठामा राखेको आरोपमा लहान घर भई महालक्ष्मीस्थान बस्ने २९ वर्षीय साजन चौधरी र भागेपछि कोठामा राखेको आरोपमा सप्तरीका पङ्कज चौधरीलाई पनि गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएको छ ।
हिरासतमा राखिएको थुनुवा नै असुरक्षित भएको घटनालाई गम्भीररुपमा लिइने उल्लेख गर्दै गिरफ्तार गरिएका तीनै जनालाई काठमाडौँ प्रहरी परिसर पठाइएको एसपी सुवेदीले बताउनु भयो ।
दीपकप्रसाद घिमिरे
सम्बन्धित समाचारहरू
आर्थिक अभावले उपचार नपाएका बोहराको चार वर्षदेखि गोठमा बास
घरको आर्थिक अवस्था निकै कमजोर भएर उपचार हुन नसकेका सिमकोट गाउँपालिका–२, ठेहे गाउँका २७ वर्षीय नरेन्द्र बोहरा विगत चार वर्षदेखि गोठमा बस्न बाध्य हुनुभएको छ । आँखा नदेख्ने र हिँड्डुल…
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कारागार व्यवस्थापनमा समस्या उत्पन्न भइ कैदीबन्दीले समस्या भोग्नु परेको छ । कारागारमा कैदीबन्दीका लागि आवश्यक पर्ने…
कोशी प्रदेशका विभिन्न जिल्लामा पानीका मुहान सुक्दै जान थालेपछि बसाईसराइमा वृद्धि
कोशी प्रदेशका तराईसहित पहाडी जिल्लामा पानीका मुहान सुक्नुका साथै वातारणीय सन्तुलनमा समेत समस्या हुन थालेको छ । कोशी प्रदेशमा फैलिएर रहेको चुरे क्षेत्रमा प्राकृतिक दोहनका कारण जलवायु परिर्वतनका रूपमा तम्मर…
चार जनाको भरमा जिल्ला अस्पताल !
जिल्लास्तरीय अस्पताल चार जनाको भारमा मात्रै भनेर झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर, हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पताल अहिले दरबन्दीका चारजनाको भरमा सञ्चालित छ ।…
कर्णाली प्रदेशः घरमै असुरक्षित सुत्केरी गराउँदा अधिकांश महिलाको स्वास्थ्यमा समस्या !
कर्णाली प्रदेशमा घरमै असुरक्षित सुत्केरी गराउँदा अधिकांश महिलाहरूको स्वास्थ्यमा समस्या देखिएको छ । कनकासुन्दरी गाउँपालिका–४, लेकपुर गाउँकी देबु बुढा गत वर्ष घरमै सुत्केरी हुनुभयो । बर्थिङ सेन्टर पुग्न तीन घण्टाको…