हिरासतमा यातना दिएको घटनाका आरोपितविरुद्ध अदालतमा उजुरी
सुनकोशी गाउँपालिका–४ स्थित यमुनाडाँडाँका बोल्न नसक्ने ३४ वर्षीय बासु खड्का, सोही ठाउँका २० वर्षीय राजु खड्का, २० वर्षीय निर्मल खड्का र २१ वर्षीय हरिशरण खड्कालाई सुनखानी अस्थायी प्रहरी चौकीका इन्चार्ज असई हरि ठकुरी (हमाल)को नेतृत्वमा रहेको प्रहरीले चोरीको आरोपमा हिरासतमा राखी कुटपिट गरी यातना दिएको भन्दै ०७९ मङ्सिर १५ गते जिल्ला अदालतमा घाजाँच गरी कानुनी कारबाहीको लागि उजुरी दिएका छन् ।
स्थानीय एक पसल चोरी गरेको आरोपमा चौकीका इन्चार्जको नेतृत्वमा ०७९ मङ्सिर १४ गते आएको प्रहरी टोलीले आफुहरूलाई गिरफ्तार गरी प्रहरी चौकीमा पुर्याएर दिउँसो ११ः३० देखि अपराह्न ४ बजेसम्म लगातार पोलिथिनको पाइप र बासको लठ्ठी समेतले शरीरको विभिन्न ठाउँमा कुटपिट गरी चोरी गरेको कुरा जबरजस्ती स्वीकार गर्न दवाब दिएको पीडितहरूको भनाइ छ ।
पीडितहरूको भनाई अनुसार प्रहरी चौकीको भिन्न भिन्न कोठामा राखी लगातार दिनभरी कुटपिट यातना दिई चोरी सावित गराउन नसकेपछि बेलुकी पख वडा अध्यक्ष भोजलाल श्रेष्ठ र अभिभावकको जिम्मा लगाइ छाडेका थिए ।
हामी निर्दोश मानिसलाई प्रहरीले चौकीमा पुर्याई दिनभरी कुटपिट गरेको र चोरीको आरोप लगाई बेइजती समेत गरेकोले ठूलो अन्यायमा परेको निवेदनमा उल्लेख छ ।
प्रहरीले कुटपिट गरी यातना दिएकोमा प्रहरीले नै घाजाँच नगर्ने भएको हुँदा मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४ को दफा २२(२) बमोजिम निवेदन दिएको उजुरीमा उल्लेख छ ।
प्रहरीले कुटपिट गरी यातना दिएका व्यक्तिहरूको शरीरमा भएको घाउजाँच जिल्ला अदालतका न्यायधीश बिदुर कोइरालाको आदेशले ०७९ मङ्सिर १५ गते चौतारा अस्पतालमा भएको पीडितका बुवा बच्चु खड्काले बताउनु भयो । घाइतेहरूको शरीरको विभिन्न भागमा निलडाम रहेको छ ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
निर्माणाधिन भवन सञ्चालनमा नल्याउदा विद्यार्थीहरु खोला किनारमा पढ्न बाध्य
०७७ कात्तिक ४ गते आएको बाढीले बगाएको विद्यालय भवन पुनर्निर्माण भइसक्दा समेत सञ्चालनमा नल्याउँदा पञ्चेश्वर गाउँपालिका–१ को गडदेव आधारभूत विद्यालयका विद्यार्थीहरु खोलाको किनारमा खुला आकाशमूनि पढ्न बाध्य भएका छन् ।…
कारागारबाट फरार बन्दी गिरफ्तार
मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको जडिबुडिबाट गिरफ्तार गरेको छ ।…
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…