हिरासतमा यातना दिएको घटनाको इन्सेकाद्वारा सत्यतथ्य सङ्कलन
सुनकोशी गाउपालिका–४ स्थित यमुनाडाँडाँका चार जना युवाहरूलाई चोरी गरेको आरोपमा सोही गाउपालिका–५ स्थित अस्थायी प्रहरी चौकी सुनखानीमा कार्यरत पाँच जना प्रहरीले चौकीमा लगि कुटपिट गरी यातना दिएको घटनामा इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धिताले ०७९ मङ्सिर २८ र २९ गते घटनाको सत्यतथ्य सङ्कलन गर्नु भएको छ ।
घटना विवरण अनुसार सुनकोशी गाउपालिका–४ निवासी बोल्न नसक्ने ३६ वर्षीय बासुदेव खड्का, सोही ठाउँका २० वर्षीय राजु खड्का, २० वर्षीय निर्मल खड्का र २१ वर्षीय हरिशरण खड्कालाई प्रहरीले ०७९ मङ्सिर १४ गते दिउँसो सोही गाउपालिका–५ मा रहेको अस्थायी प्रहरी चौकी सुनखानीमा लगेर स्थानीयको पसल चोरी गरेको आरोपमा कुटपिट गरी यातना दिएका थिए ।
अस्थायी प्रहरी चौकी सुनखानीका इन्चार्ज असइ हरिबहादुर ठकुरी (हमाल), सोही चौकीमा कार्यरत प्रहरी हवल्दार कान्छामान मोक्तान, प्रहरी हवल्दार समर माझी, प्रहरी जवान नवराज सार्की र प्रहरी जवान सुरेश चौधरीले चोरी गरेको साबिति गराउन पीडितहरुलाई डण्डी र पोलेथिन पाइपले शरीरको बिभिन्न भागमा कुटपिट गरी यातना दिएको स्थलगत घटना सङ्कलनको क्रममा पाइएको जिल्ला प्रतिनिधि धितालले जानकारी दिनु भएको छ ।
पीडितहरु मध्ये राजु खड्कालाई स्थानिय श्री गणेश माध्यामिक विद्यालयको कक्षा १२ मा पढिरहेकै अवस्थामा प्रहरीले कक्षाकोठाबाट गिरफ्तार गरेको थियो भने अरु तीन जनालाई आ—आफ्नै घरमा बसेको अवस्थामा गिरफ्तार गरेको घटनास्थलको अनुगमनको क्रममा पाइएको छ ।
घरमा बसिरहेका बहिरा सङ्घका सदस्य बासुदेव खड्कालाई पक्राउ पूर्जी बिना गिरफ्तार गरी प्रहरीले यातना दिएको भनि सिन्धुपाल्चोक बहिरा सङ्घले ०७९ मंङ्सर १९ गते घटनाको विरोध गर्दै विज्ञप्ति प्रकाशन गरेको थियो ।
त्यसैगरी विद्यालयको अनुमती बेगर विद्यालय प्रवेश गरी कक्षा कोठामा पढिरहेका राजु खड्कालाई प्रहरीले गिरफ्तार पश्चात चौकीमा पुर्याई कुटपिट गरी यातना दिएको भन्दै घटनाप्रति ०७९ मङ्सिर १८ गते श्री गणेश माध्यामिक विद्यालयले एक पत्र मार्फत विरोध गरेको थियो ।
सुनकोशी गाउपालिका–४ का वडाअध्यक्ष भोजलाल श्रेष्ठले प्रहरी चौकीमा चार जना युवाहरूलाई यातना दिएर बेलुकी आफ्नो रोहवरमा जिम्मा लगाएको भन्दै ०७९ मङ्सिर १८ गते पत्र मार्फत घटना सार्वजनिक गरेको थियो ।
कुटपिटमा संलग्न प्रहरीहरूविरुद्ध ०७९ मङ्सिर १८ गते पीडितहरुले जिल्ला अदालतमा उजुरी दिएका छन् भने जिल्ला अदालतका न्यायधीश बिदुर कोइरालाको आदेशले ०७९ मङ्सिर १९ गते चौतारा अस्पतालमा पीडितहरूको घाउजाँच भएको थियो ।
गिरफ्तार गरी यातना दिएपछि पीडित राजु खड्का विद्यालय जान छाडेका छन् भने उनको शरीरको बिभिन्न भागमा चोट भएकाले आराम गरी घरमा बसेको पीडितका बुवा धनबहादुरले बताउनु भयो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…