हिमा गाउँपालिकामा एक हप्तादेखि टेलिफोन अवरुद्ध, निर्वाचन सूचना आदनप्रदानमा समस्या
हिमा गाउँपालिकामा एक हप्तादेखि टेलिफोन सेवा अबरुद्ध हुँदा निर्वाचनसँग सम्बन्धीत सूचना आदनप्रदानमा समस्या भएको छ ।
नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिकाको कुडु गाउँस्थित रहेको टावरको हर्नमा समस्या भएपछि टेलिफोन सेवा अवरुद्ध भएको हो ।
निर्वाचनको समयमा टेलिफोनमा अवरुद्ध हुँदा सूचना आदनप्रदान गर्न समस्या भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले बताउनु भयो । उहाँले भन्नुभयो मुख्य निर्वाचन अधिकृतको कार्यालयले यस पालिका स्तरमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा समन्वय गर्नु पर्दछ । तर हिमा गाउँपालिकामा टेलिफोन सेवा नहँुदा समस्या भएको हो ।
यस्तै चुनावको मुखमा आपसी संचार र समन्वय गर्न कठिन भएको राजनीतिक दलहरूले समेत बताएका छन् । अर्कोतिर विरामी भएका व्यक्तिलाई अस्पताल ल्याउन पनि संचार समस्याले एम्वुलेन्स तत्काल पठाउन नसकिने भएको छ । हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले टेलिफोन नहुँदा समस्या भएको बताउनु भयो । उहाँले भन्नुभयो “एक हप्तादेखि फोन सेवा अवरुद्ध छ । यसले गर्दा दैनिक कामकाज गर्न समेत असहज भएको छ ।”
उक्त पालिकामा प्रहरीको सेटले समेत काम नगरेको जिल्ला प्रहरी कार्यालय, जुम्लाका डीएसपी नरेन्द्र चन्दले जानकारी दिनु भयो ।
नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार टावरको हर्न क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले सो सामान काठमाडौँबाट मगाइएको छ । उहाँले भन्नुभयो, सामग्री जहाजमा आउने भएको छ । उहाँले त्यो सामग्री काठमाडौंबाट नेपालगञ्ज पुगेको बताउनु भयो । उहाँले भन्नुभयो अब जहाजबाट जुम्ला ल्याएर जोडिने छ । टेलिफोन बिग्रिएको खबर पाएपछि नेपाल टेलिकमको टोली हिमा गाउँपालिकामा पुगेर फर्किएको छ ।
आसन्न वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन नजिकिदै गएपछि राजनीतिक दल, मतदाता र निर्वाचन आयोग निकै तातिएका छन् । स्थानीय तहको निर्वाचन आउन सात दिन मात्रै बाँकी रहदा जुम्लामा चुनावी गतिविधि उत्सर्गमा पुगेको देखिन्छ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २४ गते)
साउन २४ गते ५ सय ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९१ हजार १ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–मनपा–६ का ३४ वर्षीय बालाराम डाँगीलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ६ का २५ वर्षीय शंकर बिकलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २१ गते यौन…
बाबुद्वारा जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु, आरोपित बुबा गिरफ्तार
१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते गिरफ्तार गरेको छ । ६…