हिमाली जिल्ला डोल्पामा नमूना मतदान सम्पन्न
हिमाली जिल्ला डोल्पामा स्थानीय तह निर्वाचनका लागि नमूना मतदान कार्यक्रम वैशाख २७ गते सम्पन्न भएको छ ।
सदरमुकाम दुनैस्थित ठुलीभेरी नपा अन्तर्गत सरस्वती उमावि मदतान केन्द्र र त्रिपुरासुन्दरी नपास्थित धर्मशाला चौरमा नमुना मतदान भएको हो । त्रिपुरासुन्दरी नपा अन्तर्गतको धर्मशाला चौरमा जम्मा खसेको ५१ मतमा ४९ वटा मत सदर र २ वटा मत बदर भएको थियो । धर्मशाला चौरमा सम्पन्न भएको नमुना मतदान कार्यक्रममा ३४ जना महिला र १७ जना पुरुषले सहभागिता जनाएका थिए ।
त्यसैगरि ठुलीभेरी नपा अन्तर्गतको सरस्वती उमाविको मतदान केन्द्रमा भएको मतदानमा जम्मा खसेको ४५ मत मध्ये ३४ वटा मत सदर र ११ वटा मत बदर भएका थिए । सो मतदान केन्द्रमा २५ महिला र २० जना पुरुषले सहभागिता जनाएका थिए । डोल्पामा रहेका २ नपा र ६ गाँउपालिका मध्ये २ वटा केन्द्र तोकेर नमुना मतदान कार्यक्रम गरिएको हो ।
डोल्पामा मतदाता शिक्षाको प्रभावकारीता र मतदाताको दक्षताको पूर्व अनुमानका लागि नमूना मतदान गरिएको निर्वाचन कार्यालयबाट नमूना मतदान कार्यक्रममा खटिएका कर्मचारी नवराज शर्मा उपाध्यायले बताए ।
विष्णु देवकोटा
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…