हिंसा पीडित महिलालाई इन्सेकको सहयोग

घरेलु हिंसा पीडित महिलालाई कानुनी प्रक्रियामा निरन्तरता दिनका लागि इन्सेक नेपालगञ्जले नेपालगञ्ज उपमनपा–५ की २७ वर्षीय हिना अन्सारीलाई कात्तिक १ गते  आर्थिक सहयोग प्रदान गरेको छ ।

धार्मिक परम्परा अनुसार अनिस अहमद जोलाहसँग विवाह भएको केही वर्ष पछि छोरी जन्मिए पछि दाइजो नपाएको वाहनामा विभिन्न लान्छना लगाई कुटपिट गर्नेलगायतका घरेलु हिंसा गर्ने गरेकोले बाँके जिल्ला अदालतमा ०७९ चैत २ गते खाना खर्च दिलाई भराई पाऔं भन्दै मुद्दा दर्ता गराउनु भएको थियो ।

आर्थिक अवस्था कमजोर भएका कारण अदालत आवत जावत गर्न समस्या परेकोले आर्थिक सहयोग माग गर्दै असोज ३० गते इन्सेक नेपालगञ्जमा दिनु भएको निवेदनको आधारमा पीडित महिलालाई इन्सेकले ८ हजार रूपियाँ  प्रदान गरेको छ ।

पीडितलाई न्यायीक प्रकृयामा जाँदा लाग्ने निवेदन शुल्क ,फोटोकपी र यातायात लगायतका खर्चमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम  सहयोग गरिएको इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले बताउनु भयो ।

photo2023101901banke


ध्रुबराज शर्मा