हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
हिंसा पीडित २० वर्षीया महिलालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक लुम्बिनी प्रदेश कार्यालयले जेठ १७ गते सहयोग रकम प्रदान गरेको छ ।
पीडितलाई इन्सेक प्रदेश कार्यालय नेपालगञ्जले ८ हजार रूपियाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
पीडित महिलालाई ०८० वैशाख ३० गते देवर २१ वर्षीय हरिस यादवले बलात्कार गरेको घटना ससुरा पट्टर यादव र जेठाजु उमेश यादवलाई जानकारी गराउँदा कुटपिट गरी घर निकाला गरिदिएको भन्दै जेठ १० गते जिल्ला प्रहरी कार्यालयमा पीडितले उजुरी दिनु भएको थियो ।
पीडितले कानुनी सहयोग तथा आर्थिक सहयोगको लागि इन्सेकमा जेठ १० गते निवेदन दिनु भएको थियो । पीडितको माइती घर भारत भएकोले हाल आफन्तसँग बस्दै आउनु भएको छ ।
पीडित महिलाले देवरबाट पटक पटक यौनजन्य हिंसा हुदै आएको र प्रतिकार गर्दा आफूमाथि परिवारबाटै कुटपिट भएको पीडितले बताउनु भयो ।
इन्सेकलगायत सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूको पहलमा जिल्ला प्रहरी कार्यालयमा जेठ १७ गते घाउकेस फारम गरी भेरी अस्पतालमा उपचार भएको छ ।
लक्ष्मी थारू
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…