हिंसा पीडित महिलाद्वारा इन्सेकको पहलमा अदालतमा मुद्दा दर्ता
पतिले खान लाउन नदिएर माइतीघरमा बस्न बाध्य भएकी बनगाड कुपिण्डे नपा–२ की २८ वर्षीया सुनीता नेपालीले इन्सकेको पहलमा जिल्ला अदालत सल्यानमा वैशाख ५ गते मुद्दा दायर गरेकी छन् ।
३५ वर्षीय पति कमलबहादुर नेपाली हाल ललितपुरस्थित लेले भैरव गणमा नेपाली सेनामा कार्यरत छन् । पतिले दोस्रो विवाह गरेको थाहा पाएपछि आपूmले विभिन्न स्थानमा न्यायका लागि जाँदा समेत सुनवाइ नभएपछि हाल पीडितले इन्सेकको पहलमा जिल्ला अदालत सल्यानमा पालनपोषण र मानाचामल भराइ पाउँ भनी मुद्दा दायर गरेकी छन् ।
‘पतिले विना कारण कुटपिट गर्ने गरेको र पालनपोषण खर्च दिन छाडेपछि मैले उहाँ कार्यरत गणमा गएर पनि त्यहाँको हाकिम सावसँग कुरा गरेँ ।’–उनले भनिन्–‘उहाँहरूले हामी मासिक रूपमा पैसा पठाउने व्यवस्था मिलाउछौँ भन्नुभयो । तर, नत पैसा आयो नत मैलै उहाँको माया नै पाएँ । बरू वहाँले अर्को विवाह गरेको थाहा पाएँ ।’
न्यायका लागि भौतारिँदाभौतारिँदै हरेश खाइसकेकी नेपालीले बनगाड कुपिण्डे नगरपालिकाको न्यायिक समितिमा समेत माना चामल र छोरीको पालन पोषणको व्यवस्था गरी पाउँ भनि ०७५ चैत २० गते उजुरी दिएको बताइन् ।
न्यायिक समितिले गराएको छलफलमा पतिले ‘मेरो तँसँग कुनै सम्बन्ध छैन जे गर्न सक्छेस गर’ भनेर धम्की दिएपछि अदालतसम्म आउनु परेको पीडितले बताइन् ।
नगरपालिकाकै सिफारिस लिएर जिल्ला अदालतमा पुग्दासमेत प्रक्रिया नपुगेको भन्दै फिर्ता भएपछि इन्सेकको पहलमा मुद्दा दर्ता गरिएको हो ।
मिना बुढाथोकी
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…