हिंसा पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
कल्याणपुर नगरपालिका–९ का हिंसाबाट पीडित ३४ वर्षीया मुन्नी किन्नर भन्ने सुरेन्द्र कुमार यादवलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालय जनकपुरले चैत २ गते आर्थिक सहयोग गरेको छ ।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान र निल हिरा समाजका प्रदेश संयोजक प्रदिप यादवले पीडित मुन्नीलाई ६ हजार रुपियाँ सहयोग गरेका छन् ।
पीडितहरू सुरेन्द्र कुमार यादव र धनुषा जिल्ला हंसपुर नगरपालिका–३ का ५० वर्षीय चन्दा भन्ने चन्देश्वर राउतलाई बच्चा चोरेको आरोपमा विष्णुपुर गाउपालिका–५ का ३२ वर्षीय मदनकुमार महतोले ०७९ भदौ २५ गते गालि बेइज्जती तथा कुटपिट गरेको थियो ।
पीडित मुन्नीका अनुसार “हामीहरू दिदीलाई भेटी घर फर्किन गाडी कुरेर बसेका थियौ, हामी यौनीक तथा अल्पसंख्यक भएकाले सारी लगाएका थियौ र त्यसै क्रममा आरोपित महतो एक्कासी आई बच्चा चोरको हल्ला गरी, अपशब्द बोली कुटपिट गर्न थालेको र उनलाई समर्थन गर्दै अन्य व्यत्तिहरूको भिडले पनि हामीलाई कुटपिट गर्यो ” । कुटपिटबाट घाइते भएका पीडितहरूको प्रादेशिक अस्पताल सिरहामा उपचार भएको थियो ।
पीडितहरूले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ २८ गते उजुरी दिनुभएको थियो । तर उहाँहरूको मौखिक उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाले आरोपितलाई भदौ २७ गते गिरफ्तार गरेको थियो र लिखित उजुरी आए पछि भदौ २८ गते कारबाहीको लागि अभद्र व्यवहार मुद्दामा सात दिनको म्याद थप गराएको थियो ।
जिल्ला प्रशासन कार्यालयको आदेशमा आरोपित असोज १३ गते ४२ हजार ७ सय धरौटीमा रिहा भएका थिए ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…