हिंसा पीडितलाई इन्सेकको आर्थिक सहयोग
कर्जन्हा नगरपालिका—६ की ३७ वर्षीया रेखाकुमारी दास बहुविवाह घटनाका पीडितलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार सहायता कक्षले ०८१ वैशाख १० गते आर्थिक सहयोग गरेको छ ।
पीडितलाई इन्सेकका मधेस प्रदेश संयोजक राजु पासवानले १० हजार रुपियाँ चेक मार्फत हस्तान्तरन गर्नु भयो ।
पीडितले भन्नु भयो– “मेरो ३८ वर्षीय पति मदन दासले गाउँकै ४० वर्षीया शोभादेवी यादवसँग ०८० चैत १२ गते बहुविवाह गरेको मैले थाहा पाएँ पछि जिल्ला प्रहरी कार्यालय धनुषामा चैत २६ गते उजुरी दिएको हो” ।
त्यस्तै, उक्त उजुरीको आधारमा सोही दिन जिल्ला प्रहरी कार्यालय धनुषाले आरोपितहरूलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर चन्द्रकला भट्टराईले जानकारी दिनु भयो ।
पीडितको एक नौ वर्षीया छोरी छिन् । पीडितको आर्थिक अवस्था कमजोर रहेको र जिल्ला प्रहरी कार्यालय अन्तरगत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रबाट समेत पीडितलाई आर्थिक सहयोग गरिदिनु हुन भनि सिफारिस आएकोले उहाँलाई कानुनी प्रक्रिया र घर खर्चमा मद्दत पुग्ने उद्देश्यले सहयोग गरेको इन्सेकका मधेस प्रदेश संयोजक पासवानले बताउनु भयो ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…