बलात्कार घटनाका पीडितलाई इन्सेकको आर्थिक सहयोग
२२ वर्षीया सुस्त मनस्थिती भएकी बलात्कार घटनाकी पीडित युवतीलाई अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले ०८० फागुन १७ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
पीडितलाई इन्सेकका मधेश प्रदेश संयोजक राजु पासवान, वडा अध्यक्ष बिरेन्द्र कुमार साह र मानव अधिकार संरक्षण केन्द्र संजालका संयोजक उमेश बिसुन्कले संयुक्त रुपमा १० हजार रुपियाँकाे चेक हस्तान्तरन गर्नु भयाे ।
धनगढीमाई नगरपालिका–१० का ३७ वर्षीय आशाराम दासले युवतीलाई फागुन १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आराेपित विरुद्ध इलाका प्रहरी कार्यालय लहानमा फागुन १४ गते उजुरी दिएको पीडितकी आमाले बताउनु भयाे । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा फागुन १४ गते भयो ।
घटनाको जानकारी हुनासाथ आरोपितलाई फागुन १४ गते गिरफ्तार गरी जिल्ला अदालतबाट फागुन १५ गते ७ दिनको म्याद थप गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रविन्द्रराज पाण्डेले बताउनु भयो ।
इन्सेकका प्रदेश संयोजक राजु पासवानले पीडितको आर्थिक अवस्था कमजोर रहेको र उजुरी लेखाउन खर्च समेत नरहेको हुनाले पीडितलाई कानुनी प्रक्रिया र स्वास्थ्य उपचारको लागि सहयोग गरेको बताउनु भयो ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…
भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !
तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । कुन रोगले…
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्सेक प्रतिनिधि सम्मानित
सिन्धुपाल्चोक जिल्लामा मानव अधिकारको पक्षमा तथा समाजमा रहेका हरेक प्रकारका विभेद र हिंसा अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गरेको भन्दै चौतारा सागाचोकगढी नगरपालिकाले मङ्सिर १८ गते ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता…
इन्सेकको सक्रियतामा लैङ्गिक हिंसाविरुद्ध प्रभातफेरी
चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको संयोजनमा र जिल्लामा क्रियाशील अन्य सामाजिक सङ्घ संस्थाहरुको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको…