हिंसा पीडितको उजुरी प्रहरीले लिन मानेन

  ०७९ चैत १४ गते

मकवानपुरगढी गाउँपालिका-६ अजिङ्गरेका ४१ वर्षीय टेकप्रसाद न्यौपानेलाई कुटपिट गरि अङ्गभङ्ग गर्ने ५९ वर्षीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाई विरुद्धको उजुरी प्रहरीले लिन नमानेको पीडितले गुनासो गर्नुभएको छ ।

०७९ चैत १३ गते आफ्नै बारीमा मकै छर्न पुग्नु भएको न्यौपानेमाथि स्थानीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाईले कुटपिट गरेको पीडितको भनाई छ ।

न्यौपानेमाथि चौलागाईद्वयले कुटपिट गर्नुको साथै बायाँ कान टोकी आधा कान नै छिनाएको न्यौपानेको पत्नी सङ्गिता लोहनी न्यौपानेले जानकारी दिनुभयो ।

सङ्गिताले चैत १४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उपस्थित भै चौलागाईद्वयलाई गिरफ्तार गरेर अनुसन्धान गर्न जाहेरी दिन खोजेपनि प्रहरीले जाहेरी लिन नमानेको पीडित पक्षले जनाएको छ ।

ऐलानी जग्गाको विषयमा उनीहरूबीच झगडा भएको कार्यालयका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताउनु भयो । दुवै पक्षलाई राखेर ऐलानी जग्गाको विषयमा उत्पन्न विवाद गाउँपालिकाले हेर्ने भन्दै गाउँपालिकासँग समन्वय गर्न अनुरोध गरिएको डिएसपी कार्कीले भन्नुभयो ।

received_474861231433116


पुष्पराज अधिकारी