हिंसा न्यूनीकरणका लागि सरोकारवाला एकजुट हुनुपर्नेमा जोड
बढ्दो महिला हिंसा न्यूनीकरणका लागि सरोकारवालाको महत्वपूर्ण भूमिका रहनेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, शान्तिका लागि नागरिक समाजको सञ्जाल र कोक्यापले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानका अवसरमा मङ्सिर १७ गते पोखरामा संयुक्त रूपमा आयोजना गरेको अर्न्तक्रिया कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा अञ्चल प्रहरी कार्यलयका डिएसपी डिल्लीराज पन्तले महिला हिंसा न्यूनीकरणका लागि ग्रामीण स्तरसम्म सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए । उनले सार्वजनिक यातायातमा महिलाहरूलाई हुने दुर्व्यवहार न्यूनीकरणको लागि प्रहरी, नागरिक समाज र अधिकारकर्मीको संयुक्त पहलमा अभियान नै सञ्चालन गर्नु पर्ने बताए ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यलय कास्कीकी प्रमुख लक्ष्मी जिसी कार्कीले महिला हिंसा विरूद्ध सबै प्रतिवद्ध भएर अघि बढ्नु पर्ने बताइन् । इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलयका संयोजक शिव खकुरेलले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा महिला हिंसाका घटनाहरू बढी आउने गरेको बताउँदै हिंसा न्यूनीकरणको लागि दण्डहिनताको अन्त्य हुनुपर्ने बताए ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखरा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…