हिंसापीडित महिला न्याय खोज्दै सदरमुकाममा
कुशे गाउँपालिका-५ खुर्पाकी २३ वर्षीया जानुका सिंह घरेले हिंसाबाट पीडित भएको भन्दै न्यायका लागि जिल्ला सदरमुकाम खलङ्गामा भौँतारिइरहेकी छन् । उनलाई २४ वर्षीय पति दिपबहादुर सिंहले प्रायजसो कुटपिट गर्ने जानुकाले सुनाइन् । सधैँजसो मदिरा सेवन गरेर आउने र आफूलाई कुटपिट गर्ने गरेको पीडित महिलाको आरोप छ ।
पतिले गर्दै आएको अत्याचारको विरूद्व कुनै कुरा उठाए घरबाट निकालिदिने धम्की पाएकाले अति भएपछि मात्रै न्याय खोज्दै आएको जानुकाले बताइन् । असुरक्षाको डरले केही दिनसम्म छिमेकी र आफन्तको घरमा बसेको उनले सुनाइन् ।
तिहारको भोलिपल्ट कात्तिक ५ गते दाजुभाइसँग टिका लगाएर घर फर्कने क्रममा मदिराले लठ्ठ परेका दिपबहादुरले घरमै पस्न नदिएको र आफू जबरजस्ती घरमा जान खोज्दा दाउराले टाउकोमा कुटपिट गरेको पीडित जानुकाले बताइन् ।
पतिको कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा निलडाम परेकोले सो अत्याचार सहन नसकी जानुका सदरमुकाम आएर सरकारी कार्यालयहरूमा कात्तिक ७ गतेदेखि न्यायको भीख मागिरहेकी छन् ।
जिल्ला प्रहरी कार्यालयमा कात्तिक ८ गते उजुरी दिएकी जानुका अहिले घर जान सकेकी छैनन् । जिल्ला प्रहरी कार्यालयले जानुकाको उजुरीपछि आरोपित दिपबहादुरको खोजी भइरहेको र फरार रहेकाले हालसम्म फेला पर्न नसकेको जनाएको छ ।
जानुकाका एक छोरा र एक छोरी रहेका छन् । पतिको अत्याचारविरूद्व जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र सोको जानकारी महिला तथा बालबालिका कार्यालय, पत्रकार र मानव अधिकारकर्मीलाई दिएको हुँदा न्याय पाउने आशा जिवितै रहेको उनले बताइन् ।
घटना सम्बन्धमा इन्सेक जिल्ला प्रतिनिधिले जिल्ला प्रहरी कार्यालय र महिला विकास कार्यालयका प्रमुखसँग भेट गरी पीडितलाई न्याय दिलाउन अनुरोध गरेका छन् ।
दिनेश श्रेष्ठ
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका–१२, भिमखोरीका ५२ वर्षीय आफन्तलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ८ गते बलात्कार प्रयास…
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…