हावाहुरीले विद्यालयको छाना उडाउदा पठनपाठनमा समस्या

गौमुखि गाउँपालिका — ७ धरमपानीस्थित  दोसाध प्रथामिक विद्यालयको छाना हावा हुरीले उडाए पछि विद्यालयको पठनपाठनमा समस्या भएको छ ।

हावा हुरीले विद्यालयका दुई वटा भवनको छाना उडाएर पूर्ण क्षति भएको र विद्यालयमा पढने बालबालिकालाई सानो सागुरो भवनमा एकै ठाउँमा राखेर पठनपाठन गराउदा समस्या भएको  विद्यालयका शिक्षक नारायण जिसीले बताउनु भयो ।

उक्त विद्यालयमा १ देखि ५ कक्षासम्म पढने करिब २ सय बालबालिका कोचिएर क्षति नभएको एउटा भवनमा पढने गरेको शिक्षक जिसीले बताउनु भयो ।

विद्यालयको छाना जेठ ८ गते आएको हवाहुरीबाट क्षति भएको भवनको मर्मतकालागि गाउँपालिकामा निवेदन आएको र मर्मतको लागि गाउँपालिकको विपद व्यवस्थापन समितिको बैठकले निर्णय गर्ने  गौमुखि गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरीले बताउनु भयो ।

यसैगरी, हावा हुरीले गौमुखि गाउँपालिका — ७ का करिब ४५ घर गोठ र ५ नम्बर वडा का ३५ घर गोठमा क्षति भएको गाउँपालिका कार्यालयले जनाएको छ ।


रविन्द्र पाण्डे