हानिकारक परम्परागत अभ्याससम्बन्धी अन्तरक्रिया सम्पन्न
राष्ट्रिय महिला आयोगको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयोजनमा राजविराजमा माघ २६ गते ‘समाजमा विद्यमान हानिकारक परम्परागत अभ्यास’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमको अध्यक्ष राष्ट्रिय महिला आयोगकी सदस्य जया घिमिरेले सबैको मन मष्तिष्कमा हिंसा नगर्ने, नगराउने सोच र कसैले गरेमा प्रतिवाद गर्ने र पीडितको पक्षमा वकालत गर्ने क्षमता विकास गर्न जरुरी रहेको बताउनु भयो ।
सामाजिक रुपान्तरणका साथै राजनीतिक प्रतिबद्धता, सुझबुझपूर्ण राजनीतिक नेतृत्व र सही सोचबाट सञ्चालित रुपान्तरणमुखी साझा अभियानका माध्यमबाट मात्र हानिकारक परम्परागत अभ्यासहरूको अन्त्य सम्भव रहेको बताउनु हुँदै आयोगकी सदस्य घिमिरेले साझा अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरी सफल पार्न सबैसँग अनुरोध गर्नु भयो ।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले महिला पुरुष समान भएकाले समाजमा भएका हानिकारक अभ्यासलाई अन्त्य गर्नु पर्छ भन्ने मनमा लागेपनि परम्परादेखि चलिआएको मान्यतालाई अन्त्य गर्न समय लाग्ने बताउनु भयो ।
सप्तरीका सिडिओ जनार्दन गौतमले सरकारी सेवा, सम्पति र राजनीतिमा महिलाको पहुँच बढदै गएको र विभेदका धेरै कानुनहरू हटदै गएकोमा खुशी व्यक्त गर्नु भयो ।
समाजले अङ्गिकार नगरुञ्जेल कानुन कार्यान्वयनमा समेत जटिलता आउने बताउँदै सिडिओ गौतमले हानिकारक मान्यता हटाउन शिक्षा र चेतना अभिबृद्धिमा जोड दिनु भयो ।
इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलले “हानिकारक अभ्यास र जिल्लाको अवस्थाः सरोकारवालाको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गर्दै हानिकारक परम्परागत अभ्यास र संरचनागत विभेद नै हिंसाको कारक रहेकाले नकारात्मक मानसिकता परिवर्तन गर्नुपर्नेमा जोड दिनु भयो ।
हिंसा गर्दिन, हिंसा सहन्न र हिंसा भएको देखेमा प्रतिवाद गर्छु भन्ने प्रतिबद्धता आवश्यक रहेको बताउँदै उहाँले हिंसाका घटनामा संलग्नलाई राजनीतिक संरक्षण नगरी कानुन बमोजिम हदैसम्मको कारबाही गराउन सबैको पहल आवश्यक रहेकोमा जोड दिनु भयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी
३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मिर्चैया नगरपालिका–१२ का ४० वर्षीय रामदेव दास विरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा असोज ९ गते उजुरी दिनु भयो । पीडित पक्षका…
यौन दुर्व्यवहार घटनाको कसुरमा बालकलाई सुधार गृहमा राख्ने फैसला
नौ वर्ष ३ महिना १५ दिनकी बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १४ वर्ष ५ दिनका बालकलाई २०८० असोज ८ गते साढे १ वर्ष बाल सुधार गृहमा राख्ने फैसला भएको छ…
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित अभियन्ता ईः आठ दिनदेखि धर्नामा
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित अभियन्ता ईशान श्रेष्ठ (ईः ) आठ दिनदेखि काठमाडौँ महानगरपालिका मेयरको कार्यालय अगाडि धर्नामा बस्नुभएको छ । फुटपाथ व्यवसायीमाथि महानगरपालिकाले दुर्व्यवहार गर्न बन्द गरिनु…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश उद्धव भट्टराईको इजलासले ०८० असोज ९ गते स्याङ्जाको वालिङ नगरपालिका-६ का २३ वर्षीय रेमन गुरुङ र चितवनको रत्ननगर नगरपालिका-१६ का २३…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-१० का वडाध्यक्ष ३५ वर्षीय छविरमण धमलालाई असोज ९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार…