हातपात प्रयास घटनाका आरोपित गिरफ्तार

  ०८० मङ्सिर २८ गते

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हातपात प्रयास गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका-५ लेगुका ४२ वर्षीय महेश राईलाई मङ्सिर २८ गते गिरफ्तार गरेको छ ।

नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा” मा रहेका अध्यक्ष ओलीलाई महालक्ष्मी नगरपालिका-५ लेगुवा बजारमा स्वागतको लाइनमा बसेका आरोपितले ०८० मङ्सिर २८ गते हातपातको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजबाबु मर्हजनले बताउनु भयो । आरोपितलाई प्रहरीले प्रहरी चौकी लेगुवामा अनुसन्धानका लागि राखेको छ ।

Photo 20231214 Dhankuta


ईश्वर थापा