हातपात घटनाका आरोपित गिरफ्तार

  ०७८ असोज २२ गते

अरूण गाउँपालिका–६ जरायोटारकी ३८ वर्षीया सवित्रा बराईलीलाई हातपात गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३८ वर्षीय खेमराज राईलाई असोज १६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असोज १४ गते आफ्नै फेन्सी पसलमा बसि रहेको अवस्थामा मुक्काले हिर्काएको पीडितका पति टङ्क बराईलीले बताउनु भयो ।

पीडित पक्षले आरोपितविरूद्ध असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर शिशिर थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आफ्ना व्यक्तिगत कुरालाई लिएर अनावश्यक हल्ला फैलाएकाले हातपात गरेको आरोपितको भनाइ छ ।

हातपातबाट आँखामा चोट लागेपछि पीडितको उपचार धरानस्थित विजयपुर अस्पतालमा गरिएको पीडितका पति टङ्क बराईलीले बताउनु भएको छ ।


गणेश विष्ट