बलात्कार घटनाका आरोपित बालक अभिभावकको जिम्मामा
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका ११ वर्षीय बालकलाई जिल्ला अदालतले वैशाख १४ गते अभिभावकको जिम्मा दिने गरी फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश मात्रिकाप्रसाद आचार्यको वैशाख १४ गतेको इजलासले अभिभावकको जिम्मा दिने गरी आदेश दिएको अदालतका श्रेष्तेदार रामाकान्त यादवले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले वैशाख ४ गते हाडनाता करणी गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपित बालकलाई प्रहरीले सोही दिन गिरफ्तार गरी जिल्ला अदालतमा हाडनाता करणी शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
बालकविरूद्ध प्रहरीले मुद्दा दर्ता गरी प्रहरी निगरानी कक्षमा राख्दै आएको थियो ।
कानुनी प्रक्रियामा जान बाध्य भए पनि कानुनतः बालबालिकालाई हिरासत तथा प्रहरीको सामु राख्न नमिल्ने भएकाले जति सक्दो चाँडो प्रक्रिया टुङ्गयाउनुपर्ने आवश्यकता रहने सरकारी वकिल रमेश भट्टराइले बताउनु भयो । बालबालिकालाई हत्कडी पनि लगाउन नमिल्ने भएकोले सोही बमोजिम कानुनी कारबाही अघि बढाई अदालतले अभिभावकको जिम्मामा रहने गरी आदेश दिएको भट्टराईले बताउनु भयो ।
आरोपित बालकलाई अभिभावकको जिम्मा दिएपनि अभिभावक तारिखमा आउनुपर्ने वकिल भट्टराईले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ४ गते गरिएको थियो ।
रामधन राई
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…