हाँडसिंजामा १५ शैयाको अस्पताल निर्माण कार्य अलपत्र
जुम्ला सदरमुकाम खलङ्गा बजारदेखि उत्तरी भेगमा पर्ने सिंजा उपत्यकामा तीन ओटा गाउँपालिका पर्दछ ।
सिंजा उपत्यकामा हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका छन् । कनकासुन्दरी गाउँपालिका सदरमुकाम खलङ्गादेखि झण्डै ७० किलोमिटर पर्दछ ।
यो क्षेत्रमा सामान्य उपचार गर्न स्वास्थ्यचौकी बाहेक अस्पताल नभएका कारण उपचारका लागि कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजामा १५ शैयाको अस्पताल निर्माण गर्नका लागि ०७७ माघ २ गते शिलान्यास गरिएको हो ।
तर, शिलान्यास गरिएको अवस्था उस्तै छ । शिलान्यास गरेदेखि अस्पताल निर्माणका लागि एक ढुङ्गासमेत थपिएको छैन ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयको बजेटमा हाँडसिंजामा १५ शैयाको अस्पताल शिलान्यास गरिएको थियो ।
अस्पताल निर्माण गर्न सङ्घीय स्वास्थ्य मन्त्रालयबाट १८ करोड ५० लाख रुपियाँ विनियोजन भएको थियो ।
शिलान्यास भएको अस्पताल निर्माण नहुँदा यहाँका सेवाग्राही कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालसम्म उपचार गर्न जानु पर्ने बाध्यता भएको हाँडसिंजा स्वास्थ्यचौकीका इञ्चार्ज वीरेन्द्र उपाध्यायले बताउनु भयो ।
उहाँले भन्नु भयो–‘समयमा अस्पताल निर्माण अपेक्षा गरिएको थियो । तर, अहिले अलपत्र अवस्थामा परेको छ । यहाँका नागरिक बिरामी हुँदा वर्षात्को समयमा बाढीपहिरोको जोखिम मोलेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गर्न जान बाध्य छन् ।’
अस्पताल बनाउन २२ जना स्थानीयले ३ हजार ५ सय वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।
नजिकै अस्पताल भएपछि सहज रुपमा उपचार गर्न पाइने आशाले निःशुल्क जग्गा दिएको स्थानीय भक्त न्यौपाने बताउनु भयो ।
उहाँले भन्नुभयो–‘शिल्यान्यास भएको लामो समय बितिसक्दा पनि अस्पताल निर्माणका लागि न त जग खनिएको छ । न त एउटा ढुङ्गा नै फालिएको छ ।’
कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतका अनुसार गत आर्थिक वर्ष ०७८÷०७९ मा अस्पताल निर्माणका लागि ३ करोड ५० लाख रुपियाँ आएको थियो ।
उहाँले भन्नु भयो–‘ठेकेदारको बेमाइनीका कारण अस्पताल निर्माणको कार्य थालनी भएको छैन । १ करोड ५० लाख रुपियाँ आयोजनाको पेश्की गएको छ । अरु सबै बजेट फ्रिज भएको हो ।’
मानदत्त रावल
सम्बन्धित समाचारहरू
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…