हसिया प्रहारबाट बालक घाइते, घटनाका आरोपित गिरफ्तार
लम्कीचुहा गनरपालिका–४ कौवापुरका ११ वर्षीय बालक धिरेन्द्र थापालाई धारिलो हतियार हसिया प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय प्रेमबहादुर विष्टलाई भदौ २३ गते गिरफ्तार गरेको छ ।
मानसिक स्वास्थ्य अवस्था ठिक नभएका आरोपितले विना कारण बालकमाथि भदौ २३ गते हसिया प्रहार गरी घाइते बनाएको आरोपमा पीडित पक्षले भदौ २३ गते नै इलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी दिएको लम्कीचुहा गनरपालिका ४ का वडाध्यक्ष ताराप्रसाद अधिकारीले जानकारी दिनु भयो ।
घाइते बालकको टाउँकोमा गम्भिर चोट लागेकाले लालरत्न अस्पताल, लम्कीमा उपचार हुन नसेपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको वडाध्यक्ष अधिकारीले बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई भदौ २३ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय, लम्कीका इन्स्पेक्टर कान्तीराज जोशीले बताउनु भयो ।
मैनामोती चौधरी
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…