हवाई सेवालाई विश्वसनीय बनाउने कार्यविधि जारी गर्न सञ्जालको माग
शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले आम नागरिकमा हवाई सेवालाई विश्वसनीय बनाउने विशेष कार्यविधि जारी गरि सार्वजनिक गर्न माग गरेको छ ।
सञ्जालले माघ २ गते संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै ०७९ माघ १ गते बिहान काठमाडौंबाट यात्रु र चालक दल सहित ७२ जना लिई उडेको यती एयरलाईन्सको नाइन एन एएनसी एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेती खोंचमा दुर्घटना हुँदा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । दुर्घटनामा परेका ७२ मध्ये ६९ जनाको शव फेला परिसकेको छ भने वेपत्ता ३ जनाको खोजी कार्य जारी रहेको छ ।
त्यस्तै विज्ञप्तिमा भनिएको छ, हवाई सेवालाई विश्वसनीय र भरपर्दो बनाउन मुख्य नियमनकारी निकायको रूपमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको छ । यसको मातहतमा विभाग तथा प्राधिकरण क्रियाशिल रहेका छन् ।
वैधानिक निकायहरूले विमान सेवा प्रदान गरि आएका सरकार मातहत र नीजि क्षेत्रबाट सञ्चालित सेवा प्रदायक संस्थाहरूको नियमनकारी काम गर्न विधिवत रूपमा २०१९ सालमा नेपाल वायु सेवा निगम ऐन र त्यसपछि बनेका नियम तथा निर्देशिका रहेपनि ती निकायले गरेका काम बारे कुनै वैधानिक तथ्यांक तथा सूचना आम नागरिकको जानकारीका लागि प्रकाशन गर्ने संस्कारको विकास भएको पाईंदैन् । जसबाट यस क्षेत्रमा चासो राख्ने आम नागरिकलाई सु–सूचित हुने र आवश्यक सल्लाह दिने कुनै आधार छैन् ।’
नियमनकारी निकायको रूपमा क्रियाशिल रहेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले नेपालको अपारदर्शी क्रियाकलापप्रति समय समयमा चासो राख्दै आएको र युरोपेली युनियन (इयु) ले नेपालमा सञ्चालित वायु सेवा कम्पनीलाई विगत १० वर्षदेखि खराब सूचीमा राखेपनि सम्बन्धित निकाय वेखबर जस्तै बन्ने गरेको भन्दै सञ्जालले यसप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
हरेक दुर्घटनापछि सरकारी र गैर सरकारी तवरबाट विभिन्न आयोग र समिति गठन गरेपनि तत्कालीन आक्रोशपूर्ण स्थितिलाई मत्थर पार्ने अभिप्रायमा मात्र सीमित भएको भन्दै सञ्जालले प्रतिवेदनलाई कर्मकाण्डी नभई यथार्थपरक बनाउन माग गरेको छ । दुर्घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिका आधारमा उद्दार तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नपनि सञ्जाललले सरकार र सम्वद्ध पक्षसंग माग गरेको छ ।
विज्ञप्ति जारी गर्नेहरूमा शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विना सिलवाल, पूर्व संयोजक विष्णुप्रसाद बराल, मासस कास्कीका पूर्व अध्यक्ष कमलप्रसाद अर्याल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेल, गैससमहासंघ गण्डकी प्रदेशका का.वा. अध्यक्ष पदमराज पहारी, महिला मानव अधिकार संरक्षक सञ्जाल कास्कीका अध्यक्ष केसु भुजेल र गैसस महासंघ कास्कीका अध्यक्ष डा.बुद्धिबहादुर थापा रहनु भएको छ ।
नारायण क्षेत्री
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…