हलिया मुक्ति घोषणाका १४ वर्षः पुनर्स्थापनाको पर्खाइमा मुक्त हलिया
हलिया मुक्त घोषणा गरिएको १४ वर्ष बितिसक्दा समेत दिपायल सिलगढी नगरपालिका–७ पाँकरीको चौकीडाँडाका ४० घरपरिवारको अहिलेसम्म पनि पुनर्स्थापना हुन सकेको छैन् ।
तीन पुस्तादेखि हलिया बस्दै आएका सिलगडी नगरपालिका–७ पाँकरीका कैलास आउजुले सरकारले हलिया मुक्ति गरेको १४ वर्ष बितिसक्दा समेत आफूलगायत ४० मुक्त हलियाहरुको पुनस्र्थापन हुन नसकेको गुुुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘हलिया मुक्ति घोषणा भयको १४ वर्ष बितिसक्दा समेत मुक्त हलियाहरुले परिचय पत्र पाउन समेत सकेका छैनन् । स्थानीय विष्ट परिवारले तीन पुस्ता अगाडी दिएको जमिनको समेत लाल पुर्जा पाउन सकेको छैन् । सरकारले हतारमा हलिया मुक्तिको घोषणा कागजमा मात्रै गर्यो तर पुनर्स्थापनामा चासो देखाएको छैन् ।’
कैलास आउजी जस्तो यस गाउँमा ४० मुक्त हलिया परिवारले तिन पुस्तादेखि सोहि ठाउँमा बस्दै आएका छन् । दलित परिवारलाइ जमिन दिए वाफत ‘भागे’ हलिया काम गर्दै आएका ४० परिवारले अहिलेसम्म लाजपुर्जा प्राप्त गर्न सकेका छैनन् ।
हलिया मुक्ति घोषणा भएको समयदेखि नै परिचय–पत्रको माग राख्दै आएको भए पनि १४ वर्षसम्म बितिसक्दा समेत परिचय–पत्र पाउन नसकेको मुक्त हलिया सिता पार्कीले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘हामीले तीन पटक गरेर निबेदन दियौँ तर सुनुवाई भएन । हहलिया मुक्तिको कार्यालय, मालपोत र प्रशासनमा पटकपटक धायौँ तर परिचय–पत्र पाउन सकेनौँ । वास्तविक हलिया भए नभएको छानविन गरी एक पटक छुट मुक्त हलियाको नाम समावेश गरी सरकारले पुनर्स्थापना गर्नु पर्छ ।’
सरकारले कुनै व्यवस्था नगरि दिएकै कारण विहान बेलुकाको खानको समस्या आएपछि ९ कक्षामा पढ्दै गरेको छोरालाई भारत पठाउन बाध्य भएकाी मुक्त हलिाय नरु कोलीले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘काम गरौँ खेतबारी छैन । दाउरा बेचेर मात्रै छोरालाई पढाउने र घर खर्च टार्न सक्ने अवस्था हाम्रो भएन । त्यसपछि भारत पठाउनुको विकल्प रहेन ।’
मुक्त हलिाय जवा देबी लुहारले दृष्टिविहिन पति मात्रै परिवारका सदस्यका रुपमा रहनु भएको र आयआर्जन गर्ने अन्य व्यक्ति नभएपछि आफूहरुलाई विहान बेलुकीको छाक टार्न समेत धौँउधौँउ हुने गरेको दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘ हाम्रो भविश्य के होला न छोराहरु छन न कुनै आयस्रोत छ । कसरी जिवन चलाउने चिन्ताले सताउने गरेको छ । मुक्त हलिया पुनर्स्थापनाको कार्यक्रम स्थानीय तहमा हस्तान्तण भए पनि छुट भएका हलियाको नाम समावेश गर्ने तथा तथ्याङ्क संकलन गर्ने कुनै काम भएको छैन् । ’
चुनावको समयमा मात्रै नेताहरुले दलितबस्तीमा आएर विभन्न आस्वासन दिने गरेको भए पनि चुनवा सकिएपछि कसैले पनि आफूहरुको समस्या समाधानमा साचो नराखेको स्थानीय स्थानीय लक्ष्मी बिकको आरोप छ ।
उहाँले भन्नु भयो–‘हामी बसेको जग्गा कस्को नाममा छ त्यो पनि थाहा छैन । हामीसँग सोधीखोजी गर्ने मान्छे छैनन् । अरु कस्ले सहयोग गरी दिन्छ? ।’
अझै पनि ठुलो संख्यामा मुक्त हलियाहरु पुनर्स्थापना प्याकेजमा छुटेको मुक्त हलिया समाज, डोटीका अध्यक्ष बजिरसिंह नेपालीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘तत्कालीन केही गाबिसमा हलिया नै छैनन् भनियो । कयौँ ठाउँमा वास्तविक हलियाहरु छुटेका छन् । हामी राज्यसंग माग गछौँ अन्तिम पटकका लागि एक पटक नयाँ तथ्याङ्क लिन सरकारसँग माग गरेका छौँ ।’
दिपायल सिलगढी नगरपालिका–७ चौकीडाँडाका छुट भएका हलिया परिवारका बारेमा यस भन्दा पहिला जानकारी नपाएको भएपनि उहाँहरुको समस्या समाधानका लागि पहल गरिने दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्काले बताउनु भयो ।
गणेश जोशी
सम्बन्धित समाचारहरू
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…
भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !
तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । कुन रोगले…
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्सेक प्रतिनिधि सम्मानित
सिन्धुपाल्चोक जिल्लामा मानव अधिकारको पक्षमा तथा समाजमा रहेका हरेक प्रकारका विभेद र हिंसा अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गरेको भन्दै चौतारा सागाचोकगढी नगरपालिकाले मङ्सिर १८ गते ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता…
इन्सेकको सक्रियतामा लैङ्गिक हिंसाविरुद्ध प्रभातफेरी
चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको संयोजनमा र जिल्लामा क्रियाशील अन्य सामाजिक सङ्घ संस्थाहरुको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-४ का २७ वर्षीय सुशिल कुमार यादवविरुद्धको उजुरी ०८१ मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक…