हरिराम दम्पतीको सहयोगको याचना, सहयोगका लागि जुटे युवा
जन्मजात नै अपाङ्गता भएका दशरथचन्द नपा-८ त्रिपुरा र्यासीका ५८ वर्षीय हरिराम दमाईं र उनकी ५६ वर्षीया पत्नी भानादेवी दमाईं दम्पतीले सहयोगको याचना गरेको छ ।
पतिपत्नी दुवै जना जन्मजात नै अपाङ्गता भएका कारण उनीहरूको जीवन कष्टकर रूपमा चलिरहेको र्यासीका स्थानीयहरू बताउँछन् ।
'विवाह भएको केही वर्षपछि एउटा छोरा जन्मिएको थियो । तर, जन्मिएको १३ दिनमै उसको मृत्यु भएपछि यो दम्पतीलाई कहिल्यै पनि सुखले साथ दिएन ।'-स्थानीय सुशील क्षेत्रीले भने ।
उनले भने-'छिमेकीसँग मागेर दैनिकी गुजारा गरिरहेका हरिराम दम्पतीले त्रिपुरा सुन्दरी मन्दिरमा पनि निकै वर्षसम्म दमाहा बजाएर सेवा गरे ।'
बोल्न नसक्ने, हातको इसाराले छिमेकीसँग मागेर दैनिक गुजारा गरिरहेका हरिराम दम्पती घर नहुँदा रातिराति सुत्नलाई नजिकै रहेको त्रिपुरासुन्दरी मन्दिर जाने गरेका छन् । मन्दिरमै दमाहा बजाउने र आउने भक्तजनबाट मागेर दैनिक छाक टार्ने गरेको क्षेत्रीले बताए ।
हरिराम दम्पतीलाई बूढेसकालको सहारा छोराछोरी नहुँदाको पीडा एकातिर खेप्नुपरेको छ भने अर्कोतिर बिहान खाएर साँझ के खाने अनि कहाँ बस्ने भन्ने चिन्ताले अर्कोतिर पिरोलिरहेको छ ।
सानो घर भएपनि त्यो भत्किएको र जीर्ण अवस्थामा रहेकाले वर्षात्को समयमा ओत लाग्न नगरपालिकाको पहलमा स्थानीयले एउटा त्रिपाल हालेर मकैबारी छेउमा सानो झुपडी बनाइदिएका छन् ।
कुनै पनि निकायले हरिरामको पीडा नदेखेपछि स्थानीय युवा हिक्मत चन्दको नेतृत्वमा सहयोग सङ्कलन टोली बनाएर हालसम्म झण्डै १५ हजार रुपियाँभन्दा बढी सङ्कलन गरिसकिएको जनाइएको छ । भदौ १ गतेदेखि हरिरामका लागि पक्की घर बनाउने गरी सहयोग सङ्कलन गरिरहेको आर्थिक सङ्कलनमा जुटेका चन्दले बताए ।
नरी बडु
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…