हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका-३, बसामाडी लेवटस्थित भुलन टोलमा बुबा ७३ वर्षीय रामजी मैनाली, आमा ६५ वर्षीया माया मैनाली र भाइ ४० वर्षीय केदार मैनालीको अंशको विषयलाई लिएर भएको घरायसी विवादमा कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा ५० वर्षीय बद्रीनाथ मैनालीलाई प्रहरीले ०८० असोज ११ गते गिरफ्तार गरेको छ ।
आरोपित मैनाली विरुद्ध पीडित पक्षले असोज ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीका अनुसार आरोपितले असोज ११ गते घरायसी विवाद हुँदा आफ्नै परिवारलाई चिरपट प्रहार गरी हत्या प्रयास गरेका थिए । उक्त चिरपट प्रहारबाट पीडितहरू गम्भीर घाइते भएको उहाँले जानकारी दिनुभयो ।
घाइते बुबा र भाइको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ भने आमालाई थप उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको छ ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…
भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !
तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । कुन रोगले…
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्सेक प्रतिनिधि सम्मानित
सिन्धुपाल्चोक जिल्लामा मानव अधिकारको पक्षमा तथा समाजमा रहेका हरेक प्रकारका विभेद र हिंसा अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गरेको भन्दै चौतारा सागाचोकगढी नगरपालिकाले मङ्सिर १८ गते ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता…
इन्सेकको सक्रियतामा लैङ्गिक हिंसाविरुद्ध प्रभातफेरी
चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको संयोजनमा र जिल्लामा क्रियाशील अन्य सामाजिक सङ्घ संस्थाहरुको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको…