हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तामाकोसी गाउँपालिका-२, झुलेकी ६८ वर्षीया ज्येष्ठ नागरिक तारादेवी कार्की र आठ वर्षीया नातिनी सुहाना कार्कीलाई घरायसी विवाद हुँदा खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका ७२ वर्षीय मोहनबहादुर कार्कीलाई प्रहरीले ०८० असोज ८ गते गिरफ्तार गरेको छ ।
पीडितहरूलाई आरोपितले असोज ७ गते खुकुरी प्रहार गरी हत्या प्रयास गरेको भन्दै पीडित पक्षले असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको थियो ।
उक्त घटनाबाट पीडितहरू गम्भीर घाइते भएको अवस्थामा स्थानीयले उद्धार गरी प्रहरीमा जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जीवन श्रेष्ठले बताउनु भयो ।
पीडितहरूको उपचार च्छोरोल्पा अस्पताल, चरिकोटमा भइरहेकोमा थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको घाइतेका छिमेकी कुमार कार्कीले जानकारी दिनुभयो ।
उद्धब पोखरेल
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…