हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

  ०८० मङ्सिर २२ गते

तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।

आरोपित तामाङ विरुद्ध पीडित पक्षले मङ्सिर २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार घरमा मोबाइलको विषयमा विवाद हुँदा पति तामाङले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका थिए । उक्त खुकुरी प्रहारबाट पीडित गम्भीर घाइते भएको उहाँले बताउनु भयो ।

पीडितको उपचार काठमाडौँस्थित ट्रमा सेन्टरमा भइरहेको छ । आरोपितलाई हिरासतमा राखि थप अनुसन्धान गरिरहेको डिएसपी खड्काले इन्सेकलाई जानकारी दिनुभयाे ।


नवदीप श्रेष्ठ