हत्या प्रयास घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

राक्सिराङ गाउँपालिका-३, सानो देवकोटका ३६ वर्षीया देबिमायाँ थोकरको घरायसी विवादमा चिरपट प्रहार गरी हत्या प्रयास गरेको आरोपमा ३० वर्षीय सागर योन्जन विरुद्ध ०८० कात्तिक ७ गते इलाका प्रहरी कार्यालय, मनहरीमा उजुरी दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीका अनुसार आरोपितले कात्तिक ६ गते घरायसी विवाद हुँदा पत्नीलाई चिरपट प्रहार गरी हत्या प्रयास गरेको भन्दै आरोपित योन्जन विरुद्ध पीडित पक्षले कात्तिक ७ गते इलाका प्रहरी कार्यालय, मनहरीमा उजुरी दिएको थियो । उक्त चिरपट प्रहारबाट पीडितको टाउकोमा चोट लागि घाइते भएको उहाँले जानकारी दिनुभयो ।

पीडितकाे उपचार चितवनको पुरानो मेडिकल कलेज, भरतपुरमा भइरहेकाे छ । घटनापछि आरोपित फरार रहेका कारण खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले इन्सेकलाई जानकारी दिनुभयो ।


पुष्पराज अधिकारी