हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

हरिहरपुरगढी गाउँपालिका-३, रानीपोखरीकी ३५ वर्षीया रिता राईको चिर्पट प्रहर गरी हत्या प्रयास गरेको आरोपमा ४५ वर्षीय पति विरबहादुर राईलाई प्रहरीले ०८० असोज २४ गते गिरफ्तार गरेको छ ।

आरोपित राई विरुद्ध पीडित पक्षले असोज २३ गते इलाका प्रहरी कार्यालय, कपिलाकोटमा मौखिक उजुरी दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालका अनुसार पति राईले मादक पदार्थ सेवन गरी रिताको निधार र टाउँकोमा चिर्पट प्रहार गरेका थिए । उक्त चिर्पट प्रहारबाट पीडित गम्भीर घाइते भएको उहाँले जानकारी दिनुभयो ।

पीडितको उपचार चितवन स्थित पुरानो मेडिकल कलेजमा भइरहेको छ । आरोपितलाई हिरासतमा राखि थप अनुसन्धान गरिरहेको डिएसपी दाहालले इन्सेकलाई जानकारी दिनुभयाे ।


नबीनबाबु अधिकारी