हत्या प्रयास गरेको कसुरमा पाँच वर्ष कैद सजायको फैसला

  ०७६ चैत ५ गते

कुम्मायक गाँउपालिका - १ की २० वर्षीया सीता दमाई र ५० वर्षीया भीमकला दमाईको हत्या प्रयास गरेको कसुरमा जिल्ला अदालतले जिल्ला झापा दमक नगरपालिका - २ का ३३ वर्षीय जीवन दर्नाललाई चैत ४ गते पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायधीश मोहनराज भट्रराईको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ५० हजार रुपियाँ जरिबाना र २ लाख ७१ हजार १ सय ७७ रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

आरोपितले ०७६ साउन ३१ गते ससुराली घर गएको बेला पत्नी र सासु आमालाई खुकुरी प्रहार गरी हत्या प्रयास गरेका थिए ।

खुकरी प्रहारबाट घाईते भएकाद्को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन ३१ गते उपचार भएको थियो ।

खुकुरी प्रहार गरी फरार भएका आरोपितलाई प्रहरीले पुस १४ गते गिरफ्तार गरेको थियो । आरोपित विरुद् पीडित पक्षले साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।


मङ्गल बेघा