हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदीको जेठ १७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै १० हजार जरिबाना र पीडितले पाउने गरी कसुरदारबाट ३ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेष्तेदार धनबहादुर कार्कीले बताउनु भयो ।
पीडित बालकलाई आरोपितले आफ्नो घर अगाडि सङ्कलन गरेर राखेको बालुवा छरेको निहुँमा ०७७ असार २२ गते निर्घात कुटपिट गरेका थिए ।
आरोपितविरूद्ध पीडित बालककी आमा सम्झना तामाङ्गले असार २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले असार २३ गते घरबाटै गिरफ्तार गरी जिल्ला अदालतमा ज्यान मार्ने उद्योग शीर्षकमा ०७७ साउन ११ गते मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश दीपक खनालको साउन १२ गतेको आदेशमा आरोपित ३ लाख रुपियाँ धरौटी बुझाएर सोही दिन रिहा भएका थिए ।
कसुरदारको कुटपिट र ढुङ्गा प्रहारबाट टाउकोमा चोट लागेका बालकको उपचार जिल्ला अस्पतालमा गरिएको थियो ।
राकेश नेपाली
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…