हत्या घटनाको निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन
दम्पति हत्याको निष्पक्ष छानबिन माग गर्दै मृतक पक्षले ०८१ जेठ २९ गते धुलिखेलमा प्रदर्शन गरेका छन् ।
महाभारत गाउँपालिका–४ महादेवटारका ६० वर्षीय मानवहादुर बल र पत्नी ५० वर्षीया केकाईमाया बल जेठ ७ गते मृत अवस्थामा फेला परेका थिए ।
दुवै जना ठाकुरपूजामा सहभागी नभएपछि छिमेकीहरूले पूजाको प्रसादी लिएर जाँदा मृत अवस्थामा भेट्टिएका थिए । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्माका अनुसार पसल सञ्चालन गरी बसेका बल दम्पतिको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनास्थल प्रकृतिमा देखिएको थियो ।
पत्नीको शव कोठा बाहिर र पतिको शव कोठाभित्र चुकुल लगाएको अवस्थामा भेटिएको थियो । मृतक पक्षले जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी दिए पनि घटनाको २२ दिन बित्दासमेत आरोपितलाई गिरफ्तार नगरेको भन्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले किटानी जाहेरी लागु गर, मान्छे मार्न पाइदैन, जाहेरीमा उल्लेखित व्यक्तिहरूलाई गिरफ्तार गर, मृतक दम्पतिलाई न्याय दे, प्रहरी अनुसन्धान निष्पक्ष गर, जघन्य अपराधी लुकाउन पाइँदैन, न्यायको ढोका खुल्ला गर, कानुनी शासन लागु गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
घटनापछि प्रहरी चौकी फोक्सिङटार र जिल्ला प्रहरी कार्यालय, धुलिखेलको प्रहरी टोलीले घटनास्थल मुचुल्का उठाएको थियो ।
शवको पोष्टमार्टम जेठ ९ गते धुलिखेल अस्पतालमा गरी शव परिवारलाई जिम्मा लगाइएकाे थियो ।
सुमित्रा आचार्य
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…