हत्या घटनाको आरोपमा पति गिरफ्तार

  ०८० मङ्सिर २० गते

सिद्ध कुमाख गाउँपालिका–३ उचाल्नेका ४० वर्षीया सितली सार्कीकाे हत्या गरेको आरोपमा ४५ वर्षीय पति डम्बर सार्कीलाई प्रहरीले मङ्सिर २० गते सिद्ध कुमाख गाउँपालिका–३ ढोरचौरबाट गिरफ्तार गरेको छ ।

आरोपितले मङ्सिर १९ गते दुबै छोरा छिमेकी काकीको घरमा सुत्न गएको समयमा राति दाउरा र बन्चरो प्रहार गरेर पत्नीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर भवानी प्रसाद धमलाले जानकारी दिनुभयो ।

शवको पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याउन लागिएको छ ।

घटनाको थप अनुसन्धान र किटानी जाहेरी दर्ताको प्रक्रियामा रहेको इन्स्पेक्टर धमलाले बताउनुभयो ।


बुद्धिमान पुन