हत्या घटनाको आरोपमा गिरफ्तार
निजगढ नगरपालिका–१२ बुङजोर टोलकी ७१ वर्षीया कान्छीमाया घलानको बुङजोर खोलाको डिलमा ०७९ फागुन २ गते साँझ हत्या गरेको आरोपमा मृतकका कान्छा छोरा ४० वर्षीय सुन्नी लामालाई फागुन ३ गते हेटौडा नगरपालिका–१ बाट गिरफ्तार गरेको छ ।
फागुन १ गते आमासँग भएको घरायसी विवादका कारण सुन्नी लामाले कुटपिट गरि हत्या गरेको आरोपमा मृतकका जेठो छोरा आइतसिंह घलानले फागुन ३ गते इलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिनुभएको छ ।
घटनापछि आरोपित जिल्ला मकवानपुर हेटौडा नगरपालिका–१ मा आफन्तको घरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरी अनुसन्धान अगाडी बढाएको ईलाका प्रहरी कार्यालय निजगढका इनिस्पेकटर सञ्जिव ओली बताउनुभयो ।
शवको पोष्टमार्टम प्रादेशिक अस्पताल कलैयामा फागुन ३ गते भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट सुनिल जयसवालले बताउनुभयो ।
भोलानाथ पौडेल
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…