हत्या घटनाका आरोपीत पति सहित तीनजना गिरफ्तार
रामनगर गाउँपालिका–१ खैर्वाकी २३ वर्षीया मनिषा देवी साहको हत्या गरेको आरोपमा २६ वर्षीय पति सुनिल साह सहित तीन जनालाई ०८० असोज १० गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ ।
घटना शंकास्पद देखिएको हुनाले घाटनास्थलबाट प्रहरीले मृतककी पति सुनिल साह, ४९ वर्षीय ससुरा रामेश्वर साह र १९ वर्षीय देवर रामबाबु साहलाई प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।
मनिषा देवी साहलाई विष खुवाइ हत्या गरेको अशङ्कामा जिल्ला प्रहरी कार्यालयको टोलीले शव खैर्वाको पश्चिम तर्फ नाहर घाटमा जलाउन लाग्दै गरेको अवस्थामा ०८० असोज १० गते राती ९ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका एसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो ।
मृतकले केही औषधी खाइ र पासो लगाएर आत्महत्या गरेको जस्तो देखिनुका साथै मृतकको गलामा निलडाम समेत देखिएको डिएसपी थारुले बताउनु हुँदै सो को आधारमा घटनाको अनुसन्धान भइरहेको बताउनु भयो । हत्या भएको वा आत्महत्या भएको पोस्टमार्टम पश्चात खुल्ने उहाँले जानकारी दिनु भयो ।
आत्महत्या गरे पनि प्रहरीलाई जानकारी नगराई, कानुनी प्रक्रिया पुरा नगरी शव जलाउन खोजेकाले पति सहित परिवारका तीन जनालाई गिरफ्तार गरिएको डएसपी थारुले जानकारी दिनु भयो ।
मृतककी आरोपित ससुराले “मृतक मानसिक रोगकी बिरामी भएकोे” बताउनु भयो । “मानसिक बिरामीका कारण बुहारीले आत्महत्या गरेकी हुन्, हामीले उनको हत्या गरेका हैनौं” उहाँले बताउनु भयो ।
शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ ।
मृतककी बुबा कविलासी नगरपालिका–३ का ४७ वर्षीय राजकिशोर साहले छोरीको हत्या उनको पति तथा परिवारका अन्य सदस्यहरूले गरेको आरोप लगाउनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका-९ का २० वर्षीय महेश तोलङ्गेलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १० गते धुलिखेलको एक…
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया दुई जना र १७ वर्षीया एक जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तनहुँ नगरपालिका-२ घर भई हाल टोखा नगरपालिका-९, नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालिका २५…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अजिरकोट गाउँपालिका– ५ का ३१ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर १५ गते यौन…
हत्या घटनाका आरोपित गिरफ्तार
मध्यविन्दु नगरपालिका– १० का ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा ३५ वर्षीय छोरा रुपेश दराईलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । होमबहादुरलाई २०८० मङ्सिर १६ गते साँझ…
बिना कसुर थुनामा राखेको भन्दै हिरासतभित्रै अनशनमा
सहकारीको रकम अपचलन गरेको आरोपमा गिरफ्तार परी अनुसन्धानमा रहनुभएका लमजुङको कालिका सहकारीका सञ्चालक समितिका सदस्य मिलन शर्मा दनाई आफूलाई बिना कसुर थुनामा राखेको भन्दै मङ्सिर १५ गते बिहान ५ बजेबाट…