हत्या घटनाका आरोपित सासु गिरफ्तार

  ०८० जेठ २४ गते

गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ ।

जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा कबिता बुढाको शव फेला परेपछि माइती पक्षले जेठ २३ गते घटनामा संलग्न व्यक्तिहरुलाई गिरफ्तार गरी कार्वाही गर्न प्रहरीमा उजुरी दिएका थिए ।

पति भारतमा रहेको अवस्थामा सासु ससुरासँग बस्दै आइरहेकी कबिता बुढाले केही दिन अघी ससुरासँग झगडा गरेर बेपत्ता रहेको भनेर पीडित पक्षले नै जेठ २१ गते प्रहरीमा जानकारी दिएका थिए ।

पीडित पक्षले दिएको उजुरीका अधारमा अनुसन्धानका लागि मृतक कबिताकी सासुलाई गिरफ्तार गरिएको र ५२ वर्षीय ससुरा दिल्ली बुढा फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कुलदिप चन्दले बताउनु भयो ।

शवको पोष्टमार्टम जेठ २३ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरी सद्गतका लागि आफन्तको जिम्मा लगाइएको डिएसपी चन्दले बताउनु भयो ।


मैनामोती चौधरी