हत्या घटनाका आरोपित पति गिरफ्तार

  ०८१ जेठ ३१ गते

पाटन नगरपालिका–४ चिल्लेपानीका ६० वर्षीया सुना ऐरीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ६५ वर्षीय पति प्रतापसिंह ऐरीलाई ०८१ जेठ ३० गते गिरफ्तार गरेको छ ।

पतिको कुटपिटबाट जेठ २९ गते गम्भिर घाइते हुनुभएकी पीडित महिलाको जिल्ला अस्पताल,डडेल्धुरामा उपचारका क्रममा जेठ ३० गते मृत्यु भएपछि घटनामा संलग्न पतिलाई गिरफ्तार गरी अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर खेमविक्रम केसीले बताउनु भयो ।

घरायसी विवादका कारण जेठ २९ गते पति प्रतापको कुटपिटबाट घाइते हुनुभएकी सुनाको ३० गते डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  हो ।

पति प्रतापको कुटपिटबाट २२ बर्षीया बुहारी भावना ऐरी समेत घाइते हुनुभएको छ । पत्नीलाई कुटपिट गर्ने बेला झगडा छुट्याउन गएकी भावनाको खुट्टामा चोट रहेको इन्स्पेक्टर केसीले बताउनु भयो ।

शवको पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा लिगएको र पीडितको छोरा आएपछि मात्रै दाहसस्कारका लागि जिम्मा लगाइने इन्स्पेक्टर केसीले बताउनु भयो ।


नरी बडु