पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
वीरगंज महानगरपालिका–१४ बहुअरीकी ३५ वर्षीया महिमा खातुनको हत्या घटनाका आरोपित ४७ वर्षीय पति इजहारुल अन्सारी ०८० कात्तिक १३ गते गिरफ्तार भएका छन् ।
घरायसी विवादको क्रममा धारिलो हतियारले छाती तथा पेटमा प्रहार गरी कान्छि पत्नीको हत्या गरेको आरोपमा अन्सारीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिनु भयो ।
उहाँका अनुसार अन्सारीले आफ्नै कान्छी पत्नीलाई कात्तिक ४ गते राति ८ः३० बजेको समयमा घरायसी विवादका कारण कुटपिट गर्नुको साथै छुरा प्रहार गरी घाइते बनाएका थिए ।
गम्भीर घाईते भएकी महिमाको उपचारको क्रममा कात्तिक ५ गते बिहान १०ः३० बजे वीरगंजस्थित वीरगंज हेल्थ केयर अस्पतालमा मृत्यु भएको थियो । मृतकको शवको पोष्टमार्टम कात्तिक ६ गते वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको थियो ।
घटना भएकै दिन हत्यामा संलग्न इजहारुलकी ३८ वर्षीया जेठी पत्नी नुरजहान खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, छुरा प्रहार गर्ने इजहारुल फरार भएका थिए ।
पीडित पक्षले कात्तिक ५ गते मृतकका पति, ६५ वर्षीय ससुरा फजल करिम मियाँ, ६३ वर्षीया सासू सरिफन खातुन र सौता नुरजहान विरुद्ध ज्यान मार्ने सम्बन्धि उजरी दिएको थियो । घटनामा संलग्न मृतकका ससुरा र सासू हालसम्म फरार नै रहेको प्रहरीले जनाएको छ ।
शम्भु कुमार सुमन
सम्बन्धित समाचारहरू
जातीय विभेद घटनाका कसुरदार गिरफ्तार
सिंजा गाउँपालिका–६ का २९ वर्षीय विवेन्द्र नेपालीलाई जातीय विभेद गरेको कसुरमा सोही ठाउँका ३२ वर्षीय नवीन बुढालाई प्रहरीले ०८१ भदौ ३१ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदीलाल…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बबई गाउँपालिका–१ का १९ वर्षीय यामबहादुर पुनलाई प्रहरीले ०८१ असोज २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २२ गते बलात्कार गरेको…
स्थानीय तह उपनिर्वाचनका लागि आयोगद्वारा कार्यतालिका सार्वजनिक
विभिन्न कारणले रिक्त भएका स्थानीय तहमा उपनिर्वाचनको लागि सरकारले मिति तय गरेपछि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि राजनीतिक…
कारागारमा थुनुवा मृत्यु घटनाको अनुसन्धान गर्न अधिकारकर्मीहरुको माग !
जिल्ला कारागार शाखा, कैलालीमा पुर्पक्षका लागि थुनामा राखिएका घोडाघोडी नगरपालिका–४ जनकपुरका २२ वर्षीय दिपक विकको ०८१ भदौ ३१ गते मृत्यु भएको घटनामा सुदूरपश्चिम प्रदेशमा कार्यरत बिभिन्न संघसस्थाहरुले ०८१ भदौ २ …
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हुम्ला जिल्ला ताँजाकोट गाउँपालिका–४ स्थायी घर भई चौतारा साँगाचोकगढी नपा–५ स्थित बहुप्राविधिक विद्यालयमा अध्ययनरत १८ वर्षीय वीरेन्द्र शाहीलाई असोज २ गते गिरफ्तार गरेको…