हत्या घटनाका आरोपित गिरफ्तर

पोखरा-लेखनाथ मनपा-९ नयाँबजारकी पाँच वर्षीया बिहानी थापाको हत्या गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।

बिहानी थापा चैत ११ गते राति देखि हराएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको प्रहरीले जनायो ।

पोखरा-लेखनाथ मनपा-९ को एक ग्यारेजमा काम गर्ने बालकले खेलौना बिगारिदिएको भन्दै टाउकोमा ढुङगा प्रहार गरेपछि बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरोपित बालकलाई बालन्यायिक अनुसन्धान केन्द्रमा राखी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यलयका सई नरहरी अधिकारीले बताए । बालिकाको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।


सङ्गीता भाट