हत्या घटनाका आरोपित गिरफ्तार
घ्याङलेख गाउँपालिका–२ चालिसेबगरका ३० वर्षीय टीकाबहादुर बुढाथोकीको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले ०८१ असार ३१ गते गिरफ्तार गरेको छ ।
सापटी पैसा माग्न जाँदा असार ३० गते विवाद हुँदा आरोपितहरूलेले ०८१ असार ३० गते कुटपिट गरी दाउराले हानेर हत्या गरेको भन्दै पीडित पक्षले असार ३० गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको थियो ।
पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
उजुरीका आधारमा घ्याङलेख गाउँपालिका –२ का ३० वर्षीय आशमान वाईबा र ३८ वर्षीय भुन्टे भन्ने ज्ञानबहादुर वाईबालाई गिरफ्तार गरि अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
मृतकको शव सिन्धुली अस्पतालमा राखिएको छ । मृतकको श्रीमती ओखलढुङ्गाबाट आउँदै गरेकाले शवको पोष्टमर्टम हुन सकेको छैन् ।
नबिनबाबु अधिकारी
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…