हत्या घटनाका आरोपित गिरफ्तार

  ०८१ जेठ ३१ गते

महाभारत गाउँपालिका–४ महादेवटारका दम्पति हत्या घटनाका आरोपित सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१  घर भई बलेफी गाउँपालिका–१ बस्ने  ३८ वर्षीय एकेन्द्र शाहीलाई प्रहरीले ०८१ जेठ ३० गते  गिरफ्तार गरेको छ ।

 महाभारत गाउँपालिका–४ महादेवटारका ६० वर्षीय मानवहादुर बल र उहाँकी पत्नी ५० वर्षीया केकाईमाया धिताललाई जेठ ७ गते राती फलामको रड प्रहार गरी हत्या गरेको आरोपमा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालय धुलिखेलकी एसपी बसुन्धरा खड्काका अनुसार आरोपित सडकमा मजदुरी गर्ने गरेको र मृतकको पसलमा जाँदा सुनका गरगहना लगाएको देखेर हत्या गरी दोस्रो दिनदेखि बिदामा बसेका थिए ।

 घटनाको २२ दिन बित्दासमेत प्रहरीले आरोपितलाई गिरफ्तार नगरेको भन्दै मृतक पक्षले निष्पक्ष छानबिनको माग गर्दै जेठ २९ गते प्रदर्शन गरेका थिए ।

मृतक पक्षले घटनाका विषयमा जेठ ९ गते जिल्ल प्रहरी कार्यालयमा उजुरी दिएका थिए । शवको पोष्टमार्टम जेठ ९ गते धुलिखेल अस्पतालमा गरिएको थियो ।


सुमित्रा आचार्य