हत्या घटनाका आरोपित गिरफ्तार
महालक्ष्मी नगरपालिका-६ लेगुवाकी ४० वर्षीया सरिता श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका-१० धर्मशालाका ३५ वर्षीय दिलबहादुर विशंखेलाई वैशाख १९ गते गिरफ्तार गरेको छ ।
आपसी विवादका क्रममा ०८१ वैशाख १९ गते आरोपितले घाँटीमा सलले बाँधेर हत्या गरेको आरोपमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजबाबु महर्जनले बताउनु भयो ।
मृतक सरिताका पति काठमाण्डौँमा बस्दै आएको र केही समययता दिलबहादुर र सरिताको सम्पर्क रहेको अनुसन्धानका क्रममा खुलेको डिएसपी महर्जनले बताउनु भयो । खाजा खाने क्रममा ०८१ वैशाख १९ गते विवाद भएको र सोही बेला सरितालाई घाँटीमा सलले बेरेरको हत्या गरेको बयान आरोपितले दिएको डिएसपी महर्जनले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा वैशाख २० गते गरिएको छ । पीडित पक्षलाई शव बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
ईश्वर थापा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा १५ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय गौरले ०८१ भदौ २८ गते गिरफ्तार गरेकाे छ । आराेपित बालकले भदौ २८ गते बालिकालाई बलात्कार गरेकाे भन्दै…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परोह नगरपालिका-८ मोतीपुर नरकटिया टोल की २९ वर्षीया लालु कुमारी पटेललाई साेही टोल निवासी पत्रकार ३५ वर्षीय अभिमन्यु पटेल, निजका भाइहरू ३३ वर्षीय राकेश पटेल, र ३० वर्षीय मुकेश पटेलले कुटपिट…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिखु गाउँपालिका–२ का २२ वर्षीया दिलिप राईलाई भदौ २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ २३ गते बलात्कार गरेको भन्दै…
तालाबन्दीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालयमा शैक्षिक गतिविधि ठप्प
भरतपुर महानगरपालिका-१६ मा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा लगाइएको ताला नखुलाउँदा दुई सातादेखि शैक्षिक गतिविधि ठप्प भएको छ । सत्तारूढ दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका भ्रातृ…
पत्नीको हत्या, हत्यापछि पतिद्वारा आत्महत्याको प्रयास
महालक्ष्मी नगरपालिका-१ कटहरेकी २६ वर्षीया सरिता दर्जीको २९ वर्षीय पति विजय दर्जीले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पत्नीको हत्यापछि विजयले समेत आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी…