हत्या घटनाका आरोपित गिरफ्तार
पाँचखपन नगरपालिका-२ गैरीगाँऊका ५० वर्षीय युवराज राईको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय छोरा सुमन राईलाई चैत २७ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले ०८० चैत २६ गते कुटपिट गर्दा ५० वर्षीय बाबुको चैत २७ गते विहान मृत्यु भएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अशोक जवेगुले बताउनु भयो ।
कुटपिटबाट घाइते भएका युवराजको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । शवको पोष्टमार्टम जिल्ला अस्पतालमा चैत २७ गते गरिएको छ ।
पीडित पक्षले शव बुझी पाँचखपन नगरपालिका-२ स्थित घाटमा सद्गत गर्ने तयारी गरेको छ ।
भविन कार्की
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती
शुक्लाफाँटा नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता…
पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको छ । सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ…
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…
२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !
कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित भए पनि जिल्लामा २०…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा प्रतिक्षालाई आरोपितले…