हत्या घटनाका आरोपित गिरफ्तार

बागमती नगरपालिका–४ जिरायतकी ७० वर्षीया बृद्धा पार्वती कुमारी महतोको ०८० चैत २० गते हत्या गरेको आरोपमा सोही वडा का ३९ वर्षीय हेमचन भनिने विनाेद चाैधरीलाई चैत २१ गते प्रहरीले गिरफ्तार गरेको छ ।

बृद्धा महतोको चैत २० गते राती आफ्नै घरमा हत्या गरी शवलाई छाडी फरार भएको घटना सीसीटिभी फुटेजको अनुसन्धानबाट घटनामा संलग्न भएको आशङ्कामा आरोपित चाैधरीलाई चैत २१ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका एसपी दयानिधि ज्ञवालीले जानकारी दिनु भयो । साथै, शवलाई पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल मलंगवा लगिएको उहाँले बताउनु भयो ।

त्यस्तै, घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो । ‘घटना थाहा भए लगत्तै जिल्ला प्रहरी कार्यालय मलंगवाका एसपी दयानिधि ज्ञवाली, इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर अनिलराज गिरी लगायतका सुरक्षाकर्मीहरूको टोली घटनास्थल पुगेका थिए’ डिएसपी थारुले भन्नु भयो ।


बुधन साह